17th December | 2018 | Monday | 2:44:44 AM

कविताको व्यस्तता बढ्दै

हिमालय टाइम्स   POSTED ON : Friday, 05 October, 2018 (3:51:10 PM)

कविताको व्यस्तता बढ्दै

काठमाडौं । डाण्सिङ रियालिटी शो ‘बुगी बुगी’ की विजेता कविता नेपालीको व्यस्तता बढ्न थालेको छ । विजेता भएसँगै उनलाई म्युजिक भिडियो नृत्यमा अफर आउन थालेका छन् । अहिलेसम्म आधादर्जन म्युजिक भिडियोमा काम गरिसकेकी उनका तीनवटा भिडियो सार्वजनिक भइसकेका छन् भने अन्य भिडियो सार्वजनिक हुने क्रममा छन् । 

गत सातामात्रै मोडल पल शाहसँग एक म्युजिक भिडियो सार्वजनिक भएसँगै नेपालको युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा आयो । धेरेले उनको नृत्य राम्रो लागेको प्रतिक्रिया दिएका थिए । यसै साता उनले भक्तपुरको रोज भिलेजमा एक म्युजिक भिडियोको छायांकन सकाइन् । टेकेन्द्र शाहले निर्देशन गरेको उक्त गीतको भिडियोमा कवितासँगै ‘बुगी बुगी’मा तेस्रो हुन सफल सरोज मोक्तानले नृत्य गरेका छन् । 

उक्त भिडियो धेरै दर्शकले मन पराउने निर्देशक शाहले आशा लिएका छन् । यस्तै गएको बुधबार गायक टंक तिमिल्सिनासँगै नृत्य गरेको कविताको भिडियो पनि सार्वजनिक भएको छ । यसका साथै कविताले नृत्य गरेको अर्को भिडियो बिहीबार सार्वजनकि भएको छ । 

मोडल निराजन प्रधानसँग उनले कम्मर मर्काएकी छन् । गीतमा स्वर र संगीत भने निरोज लामाको सुन्न सकिन्छ । एल्बम ‘मार्ग’ मा समाबेस यो गीत निर्माण हाइकुमार राईले गरेका हुन् । नितिन चन्दले निर्देशन गरेको उक्त भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियो अमित के आर चन्दले खिचेका हुन् ।


Views: 87