19th October | 2018 | Friday | 4:22:21 AM

बलिउड अभिनेत्री श्रद्धा कपुरलाई देखियो गम्भीर रोग

  POSTED ON : Friday, 05 October, 2018 (4:06:50 PM)

बलिउड अभिनेत्री श्रद्धा कपुरलाई देखियो गम्भीर रोग

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुरलाई गम्भीर रोग देखिएसँगै उनी तनावमा छिन् । 

अभिनेत्री श्रद्धालाई डेंगुको समस्या देखिएको छ । केही दिनदेखि श्रद्धाको स्वास्थ्यमा खराबी देखिएपछि उनले स्वास्थ्य जाँच गराएकी थिइन्। जाँचका क्रममा उनलाई डेंगुको संक्रमण देखिएको थियो।

श्रद्धा चाडै चर्चित ब्याटमिन्टन खेलाडी साइना नेहवालको जीवनीमा आधारित फिल्ममा देखिने भएकी थिइन्। यसका लागि उनी यस चलचित्रको छायांकनमा व्यस्त थिइन्। यसै क्रममा पनि गम्भीर रोग डेंगुको समस्याबाट ग्रस्त बनेकी छिन् ।

 डेंगुको संक्रमण देखिएपछि उनले आफ्नो चलचित्रको छायांकन स्थगित गरेकी छिन ।

 श्रद्धा भारतीय अभिनेता शक्ति कपुरकी छोरी हुन् । उनले खेलेको पहिलो फिल्म तीन पत्तिबाटै चर्चा कमाएकी थिइन् । 


Views: 201