16th December | 2018 | Sunday | 11:43:00 PM

सेलिब्रेटीको विवाहको चर्चाले बलिउड गरमागरम

  POSTED ON : Friday, 05 October, 2018 (8:46:32 PM)

सेलिब्रेटीको विवाहको चर्चाले बलिउड गरमागरम

एजेन्सी । बलिउड यति खेर सेलिव्रेटीहरुको विवाहको कुराले गरमागरम बनेको छ । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिँह र अर्का सेलिव्रटी अभिनेत्री प्रियंका चोपडा र निक जोन्सको विवाहको मिति तय हुन मात्र बाँकी छ । तर, उनीहरुको विवाहको चर्चाले बलिउड तातेको छ ।

प्रियंका र जोन्स आगामी महिनामा विवाहको बन्धनमा बाँधिने लगभग पक्का जस्तै छ । त्यसैगरी रणवीर र दीपिकाले इटलीको कोमो होटलमा विवाह गर्ने तयारी थालिसकेका छन् । केही समय अघि निक र प्रियंका जोधपुर गएका थिए । उनीहरु पनि आफ्नो विवाहको लागि ठाँउ खोजी रहेको बुझिएको छ । उनीहरुले जोधपुरमा विवाह गर्ने लगभग पक्का भएको चर्चा चलेको छ । विवाहको तयारीको लागि निक नोभेम्बर भित्रै भारत आउने चर्चा छ । 

अहिले विवाहको स्थान तय नभएपनि प्रियंका र निकले भारतमा र दीपिका र रणवीरले इटलीमा विवाह गर्ने लगभग पक्का भएको बुझिएको छ । 


Views: 96