17th October | 2018 | Wednesday | 9:51:10 PM

पूजा भट्टले भनिन् : केटा साथीले मेरो स्तनमा हात पुर्यायो

  POSTED ON : Saturday, 06 October, 2018 (7:53:38 PM)

पूजा भट्टले भनिन् : केटा साथीले मेरो स्तनमा हात पुर्यायो

एजेन्सी । बलिउड फिल्म निर्मात्री पूजा भट्टले एक अन्तर्वार्तामा आफूपनि महिला हिंसामा परेको बताएकी छिन् ।

उनले महिला घर तथा बाहिर दुबै स्थानमा असुरक्षित भएको बताइन् । उनले आफूमै केही समय अघि घटेको घटना बताएकी छिन् । उनको एउटा पुरुष साथीले एयरपोर्टमा उनको छाती (स्तन) मा हात लगेको बताइन् ।

उनले भनिन्, जब मेरी विवाह टुटेको थियो, एक पब्लिकेशन हाउसले मेरो पितालाई सोध्यो, के यो सही हो ? त्यसपछि दुनियाँले सोध्नु भन्दा अघि मैले नै भनि दिए, हो मेरो विवाह टुट्यो । त्यसपछि आफू एयरपोर्ट गएको बेला  ‘एक केटा साथीले मेरो छातीमा हात राख्ने कोशिश गर्यो ।’ उनले भनिन् ।

यसर्थ महिला घर तथा बाहिर जहाँ पनि असुरक्षित हुने हुँदा महिला आफै सजक तथा सक्षम हुनुपर्ने उनले बताइन् ।


Views: 178