19th August | 2019 | Monday | 9:11:41 PM

होचो शाहरूखको जिरो ट्रेलर

  POSTED ON : कार्तिक १८, २०७५ (१२:१२ PM)

होचो शाहरूखको जिरो ट्रेलर

मुम्बई (एजेन्सी) । बलिउड अभिनेता शाहरूख खानले अहिलेसम्मकै फरक भूमिकामा अभिनय गरेको चलचित्र ‘जिरो’को ट्रेलर सार्वजनिक गरिएको छ । फुच्चे (पुड्के) बनेका शाहरूखको ५३औं जन्मदिनको अवसरमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । 

आनन्द एल रायले निर्देशन गरेको यो चलचित्रको ट्रेलरले हँसाउने र सस्पेन्सले सोच्न बाध्य बनाउँछ । बउआ सिंहको भूमिका निभाएका शाहरूख मध्यम वर्गीय परिवारबाट हुन्छन्, उनीसँग घर, कार वा अन्य सुविधा केही हुँदैन । आफूलाई जिरोबाट सुरु गरेर आफ्नो कमजोरीलाई तागत बनाउँछन् ।

चलचित्रमा शाहरूखसँगै अनुष्का शर्मा र कटरीना कैफ पनि मुख्य भूमिकामा छिन् । चलचित्रमा अभिनेता सलमान खान अतिथि भूमिकामा छन् । २१ डिसेम्बरमा प्रदर्शनमा आउने यो चलचित्र १८० करोड रुपैयाँमा निर्माण भएको बताइएको छ । 


Views: 157

सम्बन्धित सामग्री:

पोखरामा जाइरा टिम

: भदौ १, २०७६ (१:५१ PM)