19th November | 2018 | Monday | 2:33:51 AM

करिश्माले भनिन्, ‘रियल हिरो रेखा’

  POSTED ON : Monday, 05 November, 2018 (7:45:20 PM)

करिश्माले भनिन्, ‘रियल हिरो रेखा’


हिमालय टाइम्स

काठमाडौं । गतशुक्रबार (कात्तिक १६)बाट प्रदर्शनमा आएको नायिका रेखा थापाको चलचित्र ‘मालिका’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । प्रदर्शनअघि च्यारिटी सुरु गरिएको ‘मालिका’ले दर्शक तथा चलचित्र मेकरबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । 

यसैबीच चलचित्रकी नायिका तथा निर्देशक रेखाको कामलाई चलचित्रक्षेत्रका अन्य चर्चित नायिकाले प्रसंसा गरेका छन् । केही दिनअघि राजधानीको कुमारीमा पुगेका नायिका करिश्मा मानन्धर र ऋचा शर्माले रेखाको कामलाई खुलेर प्रसंसा गरे ।

नायिका करिश्माले महिलाको कथामा रेखाले बनाउँदै आएका चलचित्रमध्ये ‘मालिका’ उत्कृष्ट भएको प्रतिक्रिया दिइन् । उनले रेखालाई मालिका हेरेपछि रियल हिरोसमेत भनिन् । ‘मैले रेखाका धेरै फिल्म हेरेकी छु, फिल्म निकै मन प¥यो । म रेखालाई रियल हिरो भन्छु,’ करिश्माले भनिन् । ‘मालिका हेर्दै गर्दा फिल्म हेरिरहेको अनुभूतिभन्दा मोटिभेसन क्लासमा छु, जस्तो लाग्यो, अबका कलाकारले गर्ने भनेको रेखाले जे गरेकी छन् त्यही हो’ उनले थपिन् ।

रेखा पनि करिश्माका प्रसंसाका शब्दबाट निकै खुशी देखिन्थिन् । उनले मिस कोशीमा आफू सहभागी हुन गएको समयदेखि आफू करिश्काको ठूलो फ्यान भएको र अहिले आफ्नो आइडल करिश्माले आफ्नो कामलाई प्रसंसा गर्दा निकै खुशी लागेको बताइन् । यस्तै, करिश्मा र रेखासँगै रहेकी नायिका ऋचा शर्माले रेखाको मालिकालाई खुलेरै प्रसंसा गरेकी थिइन् । ऋचाले महिला अधिकारकर्मीको जोन्टानामक संस्थालाई मालिका हेर्न आग्रह गरेकी थिइन् । रेखाले आफ्नो अभियानलाई ऋचाले सपोर्ट गरेको भन्दै धन्यवाद दिएकी थिइन् ।

बाल विवाहविरुद्धको कथा भन्ने मालिकामा जाजरकोटकी चौध वर्षीय बालिका कमला ओली बाल बधुको भूमिकामा प्रस्तुत भएकी छन् । चलचित्रको कथा रेखा र नरबहादुर कार्की मिलेर लेखेका हुन् । चलचत्रिका कार्यकारी निर्मातासमेत रहेका कार्की अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक हुन् । 


Views: 63