19th November | 2018 | Monday | 2:22:55 AM

रत्नपार्कमा काग सम्मेलन

हिमालय टाइम्स   POSTED ON : Tuesday, 06 November, 2018 (2:38:24 PM)

रत्नपार्कमा काग सम्मेलन

काठमाडौं । विगत १५ वर्षदेखि काग सम्मेलन गर्दै आएका रमेश दुलालले यस वर्ष पनि काग तिहारमा राजधानीको रत्नपार्कमा काग सम्मेलन गरेका छन् । मुखबाटै कागको आवाज निकाल्नसक्ने दुलालले बिहान ६ बजेर ३० मिनेट जाँदाको समयमा आधाघण्टासम्म कागको आवाज निकालेर रत्नपार्कमा करिब तीनसय बढी काग जम्मा पारेका थिए ।

कागे बाहुनको नामबाट परिचित दुलालका अनुसार कागको भाषा बोलेर कागलाई आपूmतिर बोलाउनुपर्छ । ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ । कागलाई बोलाउँदा मलाई आपत प¥यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्,’ उनले भने । संगीतकर्मी संघको आयोजनामा भएको १५औं काग सम्मेलनमा संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले पनि काग तिहारको शुभकामनासहित दुलालको प्रसंसा गरेका थिए । 

यस्तै, सामाजिक सरसफाई अभियान्ता ग्रिनसिटी हस्पिटलका निर्देशक एलबी टन्डनले पनि तिहारको शुभकामनासहित दुलालको फरक कलाको तारिफ गरे ।


Views: 54