19th December | 2018 | Wednesday | 1:07:56 AM

जात्रैजात्राको टिजर सार्वजनिक (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : Monday, 12 November, 2018 (2:50:42 PM)

जात्रैजात्राको टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडां । चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युवमार्फत सार्वजनिक गरिएको टिजरमा दयाहाग राई, विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झालगायतको कलाकारको प्रमुख भूमिका देखिन्छ । जात्राको बेलामा भागिरहेका तीन कलाकारहरू दयाहाङ राईको जालमा परेको देखाइएको छ ।

चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ । सिंगे लामा र यादव पौडेल चलचित्रका निर्माता हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । चलचित्र आउँदो फागुन १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यो चलचित्र यसअघिको सफल चलचित्र ‘जात्रा’को सिक्वेल हो । ‘जात्रा’कै टिमले ‘जात्रैजात्रा’को निर्माण गरेको हो । 


Views: 91