10th December | 2019 | Tuesday | 3:31:55 AM

पोष्टरमा समर लभ

हिमालय टाइम्स   POSTED ON : कार्तिक २७, २०७५ (१२:२८ PM)

पोष्टरमा समर लभ

काठमाडौं । चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’को पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले चार पोष्टर सार्वजनिक गरेसँगै प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आउँदो माघ २५ गते  देशभरका हलमा प्रदर्शन हुनेछ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकार सुरजसिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री अटाएका छन् ।

चलचित्रबाट आशिष र रेवतीले डेब्यू गर्दैछन् । चलचित्रमा आउनुअघि आशिषको पृष्ठभूमि मोडलिङ हो भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् । उनले भारतमा केही चलचित्रलमा अभिनयको अनुभव संगालिसकेकी छिन् । रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘हृयाप्पी फिर भाग जाएगी’जस्ता चलचित्रमा काम गरिसकेकी  छन् । 

चलचित्रको निर्देशन मुस्कान ढकालले गरेका छन् । उनले यसअघि ‘नाइँ नभन्नू ल’ सिरिजको तेस्रो भाग निर्देशन गरेका थिए । फ्लोरमा गएको लगभग एक वर्षपछि चलचित्र हलमा आउन लागेको हो । निर्देशक ढकालले विदेशको सुटिङ र फिल्ममाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरिरहँदा समय लागेको बताए । ‘किताबको हाइप पूरा गर्न फिल्ममा धेरै मिहिनेत गर्नुपर्ने थियो । अब हामी दर्शकलाई अपेक्षा गरेअनुरुपको चलचित्र पस्कन तयार छौं,’ ढकालले भने ।   

उपन्यासको सुबिन भट्टराईको कथालाई सामिप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने चलचित्रको संवाद सुबिन र सामिप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको चलचित्रमा एकराज तामाङ लाइन प्रोड्युसर छन् । चलचित्रमा पुष्पन प्रधानको संगीत छ छायांकन भने सञ्जय लामाले गरेका हुन् । चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका हुन् । 


Views: 215

सम्बन्धित सामग्री:

श्रीदेवी सम्झाउने जान्हवी

: मंसिर २३, २०७६ (४:४७ PM)

‘मलाई कहिल्यै दुःख लागेन’

: मंसिर २३, २०७६ (४:४५ PM)