8th December | 2019 | Sunday | 9:07:09 AM

दाल भात तरकारी शुभमुर्हूत

हिमालय टाइम्स   POSTED ON : कार्तिक २८, २०७५ (११:५४ AM)

दाल भात तरकारी शुभमुर्हूत

काठमाडौं । तीन महिनाअघि घोषणा गरिएको चलचित्र ‘दाल भात तरकारी’को शुभमुर्हूत गरिएको छ । गत वर्षको सफल चलचित्र ‘शत्रु गते’ कै टिमले निर्माण गर्न लागेको चलचित्रको मंगलबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रका कलाकार तथा निर्माण टिमको साथमा नरिवल फुटाउँदै मुर्हूत गरिएको हो ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको ६०औं जन्मदिनको अवसरमा मुहूर्त गरिएको थियो । उक्त कार्यक्रममा चलचित्रका नायक पुष्पल खड्का र नायिका आँचल शर्माले चलचित्रको संवाद बोलेका थिए । चलचित्र आउँदो मंसिर १ बाट छायांकन हुनेछ । चलचित्रका प्रस्तुतकर्ता किरण केसीले जानकारी दिए । 

फिल्म ज्योतिषले तोकेको समयानुसार बिहान ८ः३१ बजे मुहूर्त गरिएको थियो । सुदन केसीले निर्देशन गर्ने फिल्म मह सञ्चारको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको छायांकन अवधि २ महिना राखिएको छ । निर्देशक केसीका अनुसार चलचित्रमा पुष्पल र आँचलका अलावा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, वर्षा राउतलगायतका कलाकारको अभिनय रहनेछ । 

यस्तै, विल्सनविक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीको अभिनय देखिनेछ । अभिनेत्री सिंह फिल्मका लागि बुधबार नेपाल आउँदैछिन् । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बास्कोटाको संगीत रहने फिल्मका गीत हरिवंश आफैंले लेखेका छन् । मित्र डी गुरुङको सम्पादन रहने लचित्र दीर्घ गुरुङले खिच्नेछन् ।

कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरि पौडेललगायत निर्मातामा छन् । 


Views: 153

सम्बन्धित सामग्री:

ऋतिकको भावुक स्टाटस

एजेन्सी : मंसिर १९, २०७६ (१०:३८ AM)