20th July | 2019 | Saturday | 8:56:57 AM

जात्रै जात्रा ३५ लाखमा बिक्री

  POSTED ON : कार्तिक २९, २०७५ (१०:४६ AM)

जात्रै जात्रा ३५ लाखमा बिक्री

काठमाडौं (हिटा) । प्रदर्शन नै नभएको चलचित्र ‘जात्रै जात्रा’ अष्ट्रेलियाका लागि ३५ लाखमा बिक्री भएको छ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्रको अष्ट्रेलियामा प्रदर्शन गर्न ‘होर होइन होला इभेन्ट’ र ‘पप अप इन्टरटेन्मेन्ट’ले ‘जात्रै जात्रा’ उक्त सर्वाधिकार खरिद गरेका हुन् ।

पहिलो फिल्मले दर्शकको मन जितेको र ‘जात्रै जात्रा’को टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले चलचित्र प्रदर्शनका लागि ३५ लाख रुपैयाँ लगानी गरेको सर्वाधिकार खरिद संस्थाले जनाएको छ । निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँका अनुसार अन्य देशहरूमा पनि प्रदर्शन सम्झौताका लागि कुरा भइरहेको छ । यस्तै, ब्राण्डहरूसँगको सहकार्य र विदेश राइटको बिक्री आँकलन गर्दा हेर्दा चलचित्रको छायांकन नसकिँदै नाफामा जाने निर्देशक प्रदीप भट्टराईको दाबी छ । 

हाल अष्ट्रेलिया नेपाली फिल्मका लागि दोस्रो ठूलो प्रतिफल दिने देशमा गनिन्छ । त्यसपछिका देशमा अमेरिका, बेलायत, कोरिया, हंगकंग र जापान रहेका छन् । निर्देशक भट्टराईको अघिल्लो चलचित्र ‘जात्रा’ले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो चलचित्र ‘शत्रुगते’ले सिड्नीमा मात्र १७ शो र अष्ट्रेलिया भर ४० भन्दा बढी हाउसफुल शोहरू गर्न सफल भएको थियो । षट्कोण आर्टस् प्रालिको ब्यानरमा निर्मित ‘जात्रै जात्रा’ यही फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा रविन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ । 


Views: 156

सम्बन्धित सामग्री: