10th December | 2019 | Tuesday | 2:45:26 AM

आर्यनको दाह्री गेटअप

  POSTED ON : कार्तिक २९, २०७५ (५:३० PM)

आर्यनको दाह्री गेटअप

काठमाडौं (हिटा) । पछिल्लो समय नेपाली चलचित्रक्षेत्रमा नायक आर्यन सिग्देल खासै देखिँदैनन् । उनका चलचित्र निकै कम आइरहेका छन् । उनको लुक्स हेर्न दर्शकका लागि नौलो हुँदै गएको छ । यसैबीच आर्यनको एक तस्वीर सार्वजनिक भएको छ जुन तस्वीरमा उनी झपक्कै दाह्रीमा देखिएका छन् ।

आर्यनले यो लुक्स चलचित्र ‘हजार जुनी सम्म’का लागि बनाएका हुन् । आर्यन सिग्देल यो चलचित्रमा प्रेमीको अवतारमा देखिन लागेको बुझिएको छ । चलचित्रले दुई जेनेरेशनको कथालाई प्रस्तुत गर्नेछ । पहिलो जेनेरेशनमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । यसअगाडि नायक सिग्देल र नायिका कार्कीले केही चलचित्रमा काम गरिसकेका छन् । बुझिएअनुसार आर्यन चलचित्रमा प्रमिकाले छाडेर बिछोडिएको भूमिका निभाउँदै छन् । चलचित्रमा स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् । 


Views: 166

सम्बन्धित सामग्री:

श्रीदेवी सम्झाउने जान्हवी

: मंसिर २३, २०७६ (४:४७ PM)

‘मलाई कहिल्यै दुःख लागेन’

: मंसिर २३, २०७६ (४:४५ PM)