10th December | 2019 | Tuesday | 4:41:22 AM

नयाँ पुस्ता–अभिनयमा रमाउँदै मनिषा

  POSTED ON : कार्तिक २९, २०७५ (५:३४ PM)

नयाँ पुस्ता–अभिनयमा रमाउँदै मनिषा


हिमालय टाइम्स

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकी मनिषा सापकोटाको सानैदेखि कलाकार बन्ने सोंच थियो । टेलिभिजनमा कुनै कलाकारको अभिनय देख्दा त्यस्तै गर्न पाएहुन्थ्यो भन्ने सानैदेखिको इच्छालाई अहिले संघर्ष गर्दै पूरा गरिरहेकी छन् । 

सानो छँदाको रहर पुरागर्ने उद्देश्यका साथ अघिबढ्दै जाँदा कलाकारिता विषय विस्तृतमा बुझ्दै गएको बताउँछिन् । मनिषाले गीतसंगीतका भिडियो तथा चलचित्रमा अभिनय गर्दै अगाडि बढिरहेकी छन् ।

काठमाडौं धुम्बाराहीको स्थायी बासिन्दा मनिषा विगत दुई वर्षदेखि पर्दामा देखिन थालेकी हुन् । उनी अहिले व्यावसाहिक मोडलको रूपमा स्थापित हुँदैछिन् । उनले केही टेलिभिजनका विज्ञापनमा काम गरेकी छन् । ‘मैलेजति म्युजिक भिडियोमा काम गरेँ त्यसबाट धेरै सिक्ने मौका पाएकी छु र अझै पनि सिक्दैछु । हरेक काम मेरालाई सिकाइ हुनेछ’, मनिषाले हिमालय टाइम्ससँग कुरा गर्दै भनिन् । स्नातक तहमा अध्ययनरत मनिषा परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी छन् । 

‘मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दामात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनांै, अब हामीजस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनुपर्छ’, मनिषाले थप्छिन् । 

उनले काम गरेका केही चलचित्र प्रदर्शनको तयारीमा छन् भने केहीमा काम गर्दैछिन् । ‘प्रेमबुक’ नामको एक चलचित्रमा उनले सहनायिकाको भूमिका निर्वाह गरेकी छन् भने अन्य चलचित्रका लागि कुरा भइरहेको बताउँछिन् । चलचित्रका लागि कलाकार सम्पदा बानियाँ र रिमा विश्वकर्मासँग स्क्रिन शेयर गर्नेक्रममा धेरै कुरा सिक्नेमौका मिलेको उनी बताउँछिन् । ‘अहिले धेरै निर्देशकसँग कुरा भइरहेको छ, निर्देशक राजु अर्यालसँग पनि केही दिनअघि भेटेकी थिएँ, नयाँ चलचित्रको कुरा भइरहेको छ’, मनिषाले भनिन् ।

प्रवीन शाहीको स्वरमा रहेको ‘आजसँगै’ बोलको गीतबाट मोडलिङमा डेब्यु गरेकी मनिषाले अब आफ्नो जीवन कलाकारितामै बिताउँने बताइन् । आफूले अभिनय पनि गर्नसक्ने भएकाले म्युजिक भिडियोमा मात्र नअल्झिने उनी बताउँछिन् । उनी भन्छिन्, ‘यदि आफूले अभिनय पनि गर्नसक्छु भने किन भिडियोमा मोडलिङमात्र गर्ने, चलचित्रमा पनि हात हालौं भनेर सुरु गरेकी हुँ, एक चलचित्रमा काम गर्नासाथ धेरैले राम्रो प्रतिक्रिया दिनुभएको छ ।’



Views: 149

सम्बन्धित सामग्री:

श्रीदेवी सम्झाउने जान्हवी

: मंसिर २३, २०७६ (४:४७ PM)

‘मलाई कहिल्यै दुःख लागेन’

: मंसिर २३, २०७६ (४:४५ PM)