24th July | 2019 | Wednesday | 8:53:22 AM

अर्चना पनेरुको ठाउँमा रेजिना

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३०, २०७५ (७:५८ AM)

अर्चना पनेरुको ठाउँमा रेजिना

काठमाडौं । चलचित्र ‘जिस्म’को सिक्वेल ‘जिस्म २’को यतिखेर धमाधम छायांकन भइरहेको छ । ‘जिस्म’मा अभिनय गरेकी अर्चना पनेरु सिक्वेलमा भने दोहोरिएकी छैनन् । उनको ठाउँमा नयाँ नायिकाको अभिनय रहेको चलचित्र टिमले जनाएको छ । चलचित्रमा रेजिना भण्डारी र रमेश विश्वकर्माले डेब्यु गर्दैछन् ।

राजु गिरीको निर्माण रहेको चलचित्र सुचिन्द्र परियारले निर्देशन गरेका छन् । राजु गिरीले अब ग्ल्यामर निर्देशकबाट आफ्नो छवि परिवर्तन गरिसकेकाले र उनी अर्को चलचित्रमा व्यस्त भएकाले नयाँ निर्देशक राखेको बताए । सुरज कुँवरले छायांकन गरेको चलचित्र ‘जिस्म २’मा अनिल राईको नृत्य, योगेश काजीको संगीत छ । चलचित्रको कथाअनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरू समावेश गरिएको निर्माता गिरी बताउँछन् ।

चलचित्रमा नवनायिका रेजिनाले ग्ल्यामर दृश्य दिएकी छन् । सार्वजनिक भएका छायांकनका तस्वीरहरूले पनि रेजिनाका दृश्य कस्ता छन् भन्नेबारे बताइरहेको छ । बुझिएअनुसार अर्चना पनेरुलेभन्दा रेजिनाले बढी नै ग्ल्यामर दृश्य दिएकी छन् । यो चलचित्र आउँदो वर्ष प्रदर्शन हुने तयारीमा छ । 


Views: 179