24th July | 2019 | Wednesday | 8:48:41 AM

कृसलको सांगीतिक यात्रा सुरु

  POSTED ON : मंसिर २, २०७५ (१२:०३ PM)

कृसलको सांगीतिक यात्रा सुरु


हिमालय टाइम्स

काठमाडौं । गायक रियालिटी शो ‘नेपाल आइडल’को सिजन दुई यतिखेर उत्कृष्ट सातसम्म पुगेको छ । सामाजिक सञ्जाल तथा युट्युवमा अत्यधिक हेरिने शो अहिले नेपाल आइडल नै बन्दै गएको छ । यसैबिच गएको बिहिबारको प्रस्तुती पछि उत्कृष्ट आठबाट एक प्रतियोगीता बाहिरिएका छन्, ति हुन् १८ बर्षिय क्रिसल कंडेल । प्रतिस्पर्धिहरु मध्ये सबैभन्दा सानो उमेरका किस्रलले बिहिबार दिएको प्रस्तुतीको आधारमा दर्शकको भोट र जजहरुको मुल्यांकनको आधारमा उनी बाहिरिएका हुन् । बिहिबार लोक बिशेष प्रस्तुती रहेको थियो । अब नेपाल आइडल सिजन दुईको गाला राउण्डको प्रतियोगीतामा सात प्रतियोगी बाँकी रहेका छन् ।

बिहिबारको प्रस्तुतीको मुल्यांकन पछि शुक्रबारको इपिसोडबाट बाहिरिएका क्रिसलले बाहिरिदा केहि नमज्जा लागेपछि कुनै दुखेसो नभएको बताए । ‘नेपाल आइडलले नै यहाँसम्म पु¥यायो, प्रत्येक इपिसोडबाट कोहिन कोहि एकजना त बाहिरिनु नै पर्ने थियो, कुनै दुखेसो छैन’ किस्रलले हिमालय टाइम्ससँग कुरागर्दै भने । यस्तै उनले अबको यात्रा पुर्णरुपमा सांगितीक क्षेत्रमा लाग्ने बताए । ‘अब दर्शकहरुमाझ राम्रो गीत ल्याउने प्रयास गर्नेछु,’ उनले भने । बटम थ्रिमा सुमित पाठक, पवन गिरी र क्रिशल कणेल परेका थिए ।  यो साता सबैभन्दा धेरै भोट धनगढीका रवी ओटले पाएका थिए । स्टाइलिस पफरमेन्स अफ द डे पोखराका विक्रम बराल भएका थिए । 

बिक्रमले प्रसादमा गाउने

यसैबिच प्रतिस्पर्धी मध्येका विक्रम बरालले यहि मंसिर २१ गतेबाट प्रदर्शन हुने चलचित्र ‘प्रसाद’को एक गीत गाउने अवसर पाएका छन् । शुक्रबार प्रशारण भएको नेपाल आइडलको श्रृखंलामा पुगेर उक्त चलचित्रका निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले विक्रमलाई ‘प्रसाद’को गीत गाउन अवसर दिने घोषणा गर्दै सम्झौता पत्रसमेत प्रदान गरे । 

विपिन कार्की स्टारर चलचित्र ‘प्रसाद’मा उनको अपोजिटमा नम्रता श्रेष्ठ छिन् । भिलेनका रुपमा निश्चल बस्नेत छन् । निशन्तान दम्पतीको कथामा आधारित चलचित्रका दुईटा गीत सार्वजनिक भइसकेका छन् । चलचित्रको ट्रेलर पनि सार्वजनिक भइसकेको छ । 


Views: 135