19th December | 2018 | Wednesday | 1:48:37 AM

गायक जोसेफ शाहीको ‘तिमीले साथ छोड्यौ’ सार्वजनिक (भिडियोसहित)

  POSTED ON : Wednesday, 21 November, 2018 (7:00:51 PM)

गायक जोसेफ शाहीको ‘तिमीले साथ छोड्यौ’ सार्वजनिक (भिडियोसहित)

हिमालय टाइम्स । यूवा गायक जोसेफ शाही ठकुरीको आफ्नै शव्द, संगीतमा ‘तिमीले साथ छोड्यौ’ बोलको सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ ।

 गितमा जोसेफलाई पाश्र्व गायनमा चर्चित गायिका मिलन अमात्यले साथ दिएकी छिन्  भने बि.बि अनुरागिको संगीत संयोजनले गित थप मार्मिक बनेको छ ।

एक दर्जन भन्दा बढी गितहरुमा आवाज भरिसकेका गायक जोसेफको आवाजमा राजनीतिको आगो, ठेकी मदानि, कर्के नजर लगायतका गितहरु सार्वजनिक भैसकेका छन । आधुनिक गित भित्रपनि देउडा गितको लय मिसाउने प्रयास गरिएकाले यस गितलाई आम श्रोता दर्शकले मन पराउने बिश्वास गायक जोसफले लिएको बताए ।

हाईलाईट्स नेपालले बजारमा ल्याएको म्युजिक भिडियोमा गौरव गिरीको निर्देशन रहेको छ भने जितेन्द्र क्षेत्री र सोना बज्राचार्यको अभिनय हेर्न सकिन्छ । उत्तम हुमागाँईले छायाँकन गरेको भिडियोको सम्पादन भने बिकास धमलाले गरेका हुन् ।


Views: 137