19th October | 2019 | Saturday | 8:43:29 AM

भारतीय रियालिटी शोमा जिताउन झापाली मेनुकालाई सहयोग

  POSTED ON : मंसिर ६, २०७५ (१:२३ PM)

भारतीय रियालिटी शोमा जिताउन झापाली मेनुकालाई सहयोग

झापा  । भारतीय रियालिटी शो ‘सारेगम’मा विजय गराउन झापा हल्दिबारी–४ की दृष्टिविहीन गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । 

आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो । पौडेलले गत वर्ष कान्तिपुर टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल भएकी थिइन् । 

हाल गायिका पौडेल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा परेकी छिन् । प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उनलाई जिताउन आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताए । रासस


Views: 129