24th July | 2019 | Wednesday | 7:54:29 AM

रामकृष्णको पाँच लाख ५० हजार कलाकार कल्याणकारी कोषलाई

  POSTED ON : मंसिर ६, २०७५ (१:०८ PM)

रामकृष्णको पाँच लाख ५० हजार कलाकार कल्याणकारी कोषलाई

हिमालय टाइम्स 

काठमाडौं (हिटा) । जापानमा बस्दै आएका गायक, संगीतकार तथा सर्जक रामकृष्ण बम मल्लले कलाकार कल्याणकारी कोषमा पाँच लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । लोक तथा दोहोरीगीत प्रतिष्ठानका कलाकारहरूले विसं ०६४ सालदेखि सञ्चालनमा ल्याएको कलाकार कल्याणकारी कोषमा गायक मल्लको जापानमा सम्पन्न एकल साँझबाट उठेको उक्त रकम हस्तान्तरण गरेका हुन् । 

बुधबार सामाखुसीस्थित प्रतिष्ठानको केन्द्रीय कार्यालयमा जापानबाट आएका रामकृष्ण बम मल्ल एकल साँझका संयोजक डिपी कँडेलले पाँच लाख ५० हजारको चेक हस्तान्तरण गरे ।

दशकबढी समयसम्म गीतसंगीतमा लागेका बम मल्लको एकल साँझबाट उठेको पाँच लाख रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको संयोजक कँडेलले बताए । उनले एकलसाँझमा नेपाली मौलिक गीतलाई प्राथमिकता दिएको बताए । यस्तै गायक बम मल्लका भाइ संगीतकार श्रीकृष्ण बम मल्लले दाजुको एकल साँझबाट उठेको रकम कलाकारकै हितमा खोलिएको कल्याणकारी कोषमा राख्न पाउँदा खुशी व्यक्त गरे । 

प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले यस कार्यकालको कार्यसमतिले कल्याणकारी कोषमा यस वर्ष १ करोड रुपैयाँ पु¥याउने उद्देश्य रहेको बताए । यस्तै प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा रायमाझीले अहिलेसम्म कलाकार कल्याणकारी कोषमा ८५ लाख रुपैयाँ जम्मा भइसकेको बताए । केहीसमय अघि प्रतिष्ठानको युके शाखाबाट एकमुष्टमा अहिलेसम्मकै सर्वाधिक रकम ५ लाख ८१ हजार ५ सय सहयोग आएको जानकारी दिए ।

कोषमा रहेको रकमको ब्याजबाट आएको पैसा विभिन्न कारणले दुःखमा परेका कलाकराहरूको सहयोगमा लगाइने उनको भनाइ छ । रूपन्देही शाखाबाट सहयोगको निवेदन आएको उनले जानकारी दिए । प्रतिष्ठानले केन्द्रीय भवनmे पनि सहयोग रकम जुटाउँदै आएको छ । राजधानीको वसुन्धरामा जग्गा खरिद गरिसकेको छ प्रतिष्ठानले । आगामी पुसमा भवनको शिलान्यास गरी निर्माणकार्य सुरु गरिने प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जानकारी दिए । तिहारमा देउसी भैलो खेलेर ३२ लाख रकम उठेको थियो । 


Views: 109