10th December | 2019 | Tuesday | 2:05:23 AM

नाटकमा रमाए विद्यार्थी

हिमालय टाइम्स   POSTED ON : मंसिर ७, २०७५ (४:०४ PM)

नाटकमा रमाए विद्यार्थी

 भक्तपुर  । भक्तपुरको एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासीका विद्यार्थी शुक्रबार दिनभर नाटकमा रमाएका छन् । स्कुलको आयोजनामा भएको सातौ वार्षिक नाटक दिवस (एन्योल ड्रामा डे) को अवसरमा स्कुलमै प्रदर्शन भएको नाटकका विद्यार्थी रमाएका हुन् । 

स्कुलकै विद्यार्थीद्धारा प्रदर्शित प्रतियोगितात्मक आन्तरिक नाटक दिवसमा लक्ष्मी सदन समूह पहिलो घोषित भयो । लेखनाथ सदन दोश्रो, मोती सदन तेश्रो र भानु सदन चौथौं तथा सान्त्वना हुन सफल भए । 

नाटकको मूल्यांकनको संयोजकमा भद्रोगोल टेलिभिजन श्रृंखलाका कलाकार दीपक आचार्य (काकु) रहेका थिए । अन्य निर्णायकका सदस्यहरुमा स्कुलकै अंग्रेजी शिक्षका संगीता बनेपाली र नेपाली शिक्षक दीपककुमार नेपाल रहेका थिए । विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा नाटक प्रदर्शन गरेका थिए । 

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले वर्षैपिच्छे यसरी नाटक दिवस मनाइरहेको जानकारी गराए । नाटकमा उत्कृष्ट टिमलाई पछि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने जानकारी उनले गराए । कार्यक्रममा स्कुलका प्रिन्सिपल राजभण्डारीले मुख्य निर्णायक काकुलाई मायाको चिनो प्रदान गरेका थिए । 

नाटक प्रशिक्षक एवं रंगकर्मी हेमन्त गौतमका अनुसार नाटकमा स्कुलका कक्षा चारदेखि नौसम्मका झण्डै पाँंच दर्जन विद्यार्थी सहभागी थिए । दर्शक भने विद्यालयका कक्षा चारदेखि १० सम्मका रहेका थिए । स्कुलको प्रागणमा नाटक देखाइएको थियो । 

 


Views: 141

सम्बन्धित सामग्री:

श्रीदेवी सम्झाउने जान्हवी

: मंसिर २३, २०७६ (४:४७ PM)

‘मलाई कहिल्यै दुःख लागेन’

: मंसिर २३, २०७६ (४:४५ PM)