10th December | 2019 | Tuesday | 10:06:13 AM

सुमधुर साँझमा अर्जुन

  POSTED ON : मंसिर ९, २०७५ (३:४० PM)

सुमधुर साँझमा अर्जुन


हिमालय टाइम्स

काठमाडौं । सुर्खेतमा बुल्बुले तालको बोलको गीतबाट सांगीतक दुनियामा प्रवेश गरेका गायक अर्जुन सुनामले राजधानीमा एकल साँझ सम्पन्न गरेका छन् । ‘अर्जुन सुनाम सुमधुर साँझ २०७५’ नाम दिइएको उक्त साँझमा अर्जुनले दर्जनौं आफ्नो हिट गीत सुनाएका थिए । राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरको हलमा शनिबार साँझ ५ बजेदेखि हजारबढी दर्शकको साथमा अर्जुन गुञ्जिएका हुन् ।

कार्यक्रमको थालनीमा अर्जुनको जीवन भोगाई सुनाइएको थियो । विस २०५९ सालमा काठमाडौं आएपछि विभिन्न दुःख कष्ठ गर्दै गायक बनेका उनले पहिलो प्रस्तुति ‘नमुछे आमा दहीमा टीका’ सुनाएका थिए । त्यसपछि ‘शंका गर्ने तिम्रो बानी’, ‘मैले मन पराको मान्छे’ सुनाए । उनको चौथो प्रस्तुति ‘सलल बगेको भेरी नदी’ बोलको गीत गाउँदै गर्दा अधिकांश दर्शक भावुक बनेका थिए । 

सुनामलाई सो गीतमा बिबी अनुरागी, टीका पुन, प्रेम अर्याल, सुन्तामी परियार, रेजिना परियारलगायतले साथ दिएका थिए । गीत गाउँदै गर्दा कलाकारको अभिनयले दर्शकको मन अझ भावुक बनाएको थियो । त्यसपछि सुनामले ‘तिमी सिवाय अरू को छर, मलाई हेर्न जुन देखि, झुलायो मायाले’लगायत दर्जनौं गीत सुनाएका थिए ।

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले उद्घाटन गरेको एकल साँझमा सुनामलाई संगीता राना प्रधान, बिबी अनुरागी, रीमा गुरुङ, शर्मीला गुरुङ, टीका पुन, जुनु रिजाल, चन्दा विश्वकर्माले साथ दिए । यस्तै सहयोगी कलाकारहरू सुनितामी परियार, पुष्पा बोहरा, प्रनिल तामाङले पनि साथ दिएका थिए ।

गायक सुनामका ‘सुर्खेतमा बुलबुले ताल, तिम्रै झल्को आउँछ, मेरी निरमाया’लगायत दर्जनौं गीत चर्चित छन् । आठ वर्ष मलेसियामा बसेर फर्किएका सुनाम फेरि गीतसंगीतमै सक्रिय बन्न थालेका छन् । उनी राजधानीको चाँदनी रोधी नाँचघरमा गीत गाउँदै आएका छन् । ‘अर्जुन सुनाम सुमधुर साँझ’ सत्यवती कला केन्द्रले व्यवस्थापन गरेको छ । 


Views: 80

सम्बन्धित सामग्री:

श्रीदेवी सम्झाउने जान्हवी

: मंसिर २३, २०७६ (४:४७ PM)

‘मलाई कहिल्यै दुःख लागेन’

: मंसिर २३, २०७६ (४:४५ PM)