19th December | 2018 | Wednesday | 1:41:31 AM

आरुसी निर्माण हुने

हिमालय टाइम्स   POSTED ON : Monday, 26 November, 2018 (2:59:18 PM)

आरुसी निर्माण हुने

काठमाडौं  । नयाँ चलचित्र ‘आरुसी’ निर्माण हुने भएको छ । झण्डै एक करोड लागतमा बन्ने चलचित्र उदय सुब्बाले निर्देशन गर्ने भएका छन् । गणपति फिल्मस्को ब्यानरमा निर्माण हुने भनिएको यो चलचित्र टिम यही मंसिर १५ गतेबाट छायांकनमा निस्कने बताइएको छ । 

त्रिकोणात्मक प्रेमकथामा आधारित हुने निर्माण हुने भनिएको चलचित्रमा इशक राईले नायकबाट डेब्यु गर्दैछन् । साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानीमो चलचित्र निर्माण हुन लागेको हो । पेशाले तिनै जना व्यापार व्यवसायमा संलग्न छन् । चलचित्रको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने गरी टिम मोफसल निस्कन लागेको निर्देशक उदय सुब्बाले जानकारी दिए । 

झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र संखुवासभालगायतका स्थानमा चलचित्र छायांकन गरिनेछ । चलचित्रको शीर्ष रोलमा नयाँ अनुहारलाई राखिने भएको छ । कलाकारका सम्बन्धमा निर्देशक सुब्बाले भने, ‘फिल्म मार्केटमा पुराना कलाकारको विकल्पका रूपमा नयाँ कलाकार देखिएका छन् । नयाँ कलाकार राखेपछि केही नयाँपन आउन सक्छ । यो समयको माग हो ।’ उदयले तीन वर्ष पहिले रेफ्युजी चलचित्र बनाएका थिए । 

चलचित्रमा इशक राई, रमा लिम्बू, सुनिल थापा, सुरवीर पण्डित, कला राई, दमन रूपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देनलगायतका कलाकारको अभिनय रहनेछ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने चलचित्र विक्रम डिसीले खिच्नेछन् । बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्वन्द्व तथा विकास चौधरी र तारा प्रकाश लिम्बूको संगीत चलचित्रमा रहनेछ । कमल राई र दिनेश पाख्रिनको नृत्य निर्देशन रहनेछ । तीन गीत रेकर्ड भइसकेको चलचित्रको गीतमा राजेशपायल राई, दीपक लिम्बू, सुशन लिम्बू र सुम्निमा इंनामको स्वर सुन्न सकिन्छ । 

आगामी नयाँ वर्ष अर्थात् २०७६ सालको वैशाख १ मा ‘आरुसी’ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । 


Views: 66