19th December | 2018 | Wednesday | 2:07:40 AM

यो देखियो मिस नेपाल श्रृंखलाको सफलताको रहस्य

  POSTED ON : Wednesday, 28 November, 2018 (5:42:37 PM)

यो देखियो मिस नेपाल श्रृंखलाको सफलताको रहस्य

काठमाडौं । मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। 

श्रृङ्खला मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उनले उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। 

तर सामाजिक संजालमा भने मिस वर्ल्ड र श्रृङ्खला खतिवडा निकै चर्चाका विषय बनेका छन्। मिस नेपाल २०१८ श्रृंखला खतिवडाले आफनो सफलताको आधार व्युटी विद पर्पाेज (उद्देश्यसहितको सौन्दर्य) रहेको खुलाएकी छिन् ।

 अहिले सम्म उनी मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी छन् । उनले मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा गोर्खा इको प्यानलको प्रयोग गरी बनाइरहेको स्वास्थ्य चौकी भवनलाई बृतचित्र बनाई लगेकी थिइन् । आफ्नो पहलमा स्वास्थ केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाहरूको उपचारमा सहयोग पुर्याएको अभियानलाई उनले बृतचित्रमा समेटेकी छिन् । 

नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलकी ब्राण्ड एम्वेसडर उनले मकवानपुरमा गोर्खा इको प्यानलको प्रयोग गरी स्वास्थ्य केन्द्र भवन बनाएकी थिइन् । चीनमा रहेका गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले व्युटी विद पर्पाेज (उद्देश्यसहितको सौन्दर्य) अरु प्रतिस्पर्धी भन्दा फरक रहेको पाइएकोले आफू अगाडि वढ्न सहज भएको बताएकी बताए ।

ब्युटी विद पर्पोजका लागि भूकम्पपछिको पुनर्निर्माणलाई मुख्य विषय बनाएकी उनी  आर्किटेक्ट इन्जिनियरसमेत हुन् । उनी अहिले भोटिङमार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोट पनि निक्कै आकर्षक आइरहेको छ । हालसम्म उनी अग्र स्थानमा छिन् । अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोही पनि पुगेका थिएनन् । 

यही मंसिर २२ गते शनिवार ९ डिसेम्बरका दिन चीनको सान्यामा सञ्चालन हुने मिस वल्र्ड–२०१८ मा सहभागिता जनाउन चीन पुगिसकेकी श्रृंखला अहिले आफ्नो त्यही प्रोजेक्टका कारण चर्चामा पुगेको बताइरहेकी छिन् । मिस वल्र्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली श्रृंखलाले मिस वल्र्डको उपाधि नै जित्न सक्ने अनुमान गरेका छन् । 

व्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौदर्य) भन्ने नाराकासाथ हरेक वर्ष हुने मिस वल्र्ड प्रतियोगितामा नेपाली सहभागी मिस नेपालहरुले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्दछन् । प्रतिस्पर्धीहरुको मूल्यांकनको एउटा आधार उनीहरुले लिएर गएको यही व्युटी विथ पर्पाेज पनि हुने गर्दछ । 

प्रोगितामा प्रत्येक देशबाट प्रतियोगी सुन्दरीहरुले आआफनो उद्देश्य ल्याउने गर्दछन् । यो वर्ष हुने प्रतियोगितामा विश्वभरका एक सय २० वटा देशहरुका सुन्दरीहरुले सहभागिता जनाउने बताइएको छ ।

व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन् । 




 


Views: 254