27th May | 2019 | Monday | 3:25:54 PM

आज पनि प्रियंका र निकको बिहे

  POSTED ON : मंसिर १६, २०७५ (११:२७ AM)

आज पनि प्रियंका र निकको बिहे

मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस भारतको जोधपुरमा रहेको उमेद भवनमा विवाह गरेका छन् । 

शनिबार उनीहरूले क्रिश्चियन रीतिअनुसार विवाह गरेका छन् भने आज आइतबार उनीहरूले हिन्दू रीतिअनुसार विवाह गर्दैछन् । विवाहका लागि निकका बुबा पल जोनस, आमा डेनिस, दाइहरू जोइ जोनस र केभिन जोन पनि जोधपुरमै छन् । जोइकी फियन्से एवं ‘गेम अफ थ्रोन’की हिरोइन सोफी टर्नर पनि जोधपुर पुगेकी छन् । 

त्यस्तै प्रियंकाकी आमा मधु चोपडा र बहिनी परिणिती चोपडा विवाहअघिका कार्यक्रमका लागि जोधपुरमै छन् । हलिउडको टिभी सिरिज ‘क्वान्टीको’मा अभिनय गरेकी प्रियंकाले पछिल्लो समय प्रख्यात रेस्लर डोयन जोनसोन (द रक) सँग ‘बेवाच’ गरेकी थिइन् । 

विवाहमा डोयन पनि उपस्थित हुनेछन् । निकले पनि ‘जुमान्जी’ मा डोयनसँगै काम गरेका थिए । उनीहरूको विवाहमा बलिउड र हलिउड फिल्मकर्मीको उपस्थिति रहनेछ । 

 


Views: 109