19th December | 2018 | Wednesday | 2:02:44 AM

हार नमान्नुहोला–आशा छ, म टप ३० मा पर्नेछु– श्रृंखला खतिवडा

हिमालय टाइम्स   POSTED ON : Sunday, 02 December, 2018 (7:41:52 PM)

हार नमान्नुहोला–आशा छ, म टप ३० मा पर्नेछु– श्रृंखला खतिवडा

काठमाडौं । देश विदेशमा यतिबेला शृंखला खतिवडाको चर्चा चलिरहेको छ। मिस नेपाल २०१८ की विजेता शृंखला अहिले मिस वर्ल्डको प्रतिस्पर्धाको लागि चिनमा छिन्। 

मिस नेपाल शृंखला खतिवडा ‘मिस वल्र्ड २०१८’ अन्र्तगत हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा सिंगापुरकी प्रतिस्पर्धी मिस सिंगापुर भेनिसा पेहसँग पराजित भएकी छन् ।

पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृंखला खतिवडा शनिबार बेलुका भएको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी मिस सिंगापुर भेनिसासंग पराजित भएकी हुन् ।

खतिवडालाई पराजित गर्दै मिस सिंगापुर भेनिसा भने अन्तिम ३० का लागि छानिएकी छन् । पराजित भएपनि मिस नेपाल श्रृङ्खला खतिवडाका लागि अन्तिम ३० मा पर्ने बाटो भने बन्द भएको छैन् । उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा पर्न सक्ने सम्भावना कायमै छ ।

उनलाई लिएर धेरै नेपालीहरू आशावादी छन्। उनलाई समर्थन गर्नेहरूको जमात निकै ठूलो छ। तर शनिबार राति भएको ’हेड टु हेड’मा शृंखला पराजित भइन्। उनी सिंगापुरकी भेनिसा पेहसँग पराजित भएकी थिइन्। हेड टु हेडमा पराजित भए पनि उनको मिस वर्ल्डको यात्रा रोकिएको छैन। उनको टप ३० मा पर्ने सम्भावना अझै छ। टप ३० मा जाने मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पजमा भने शृंखलाको सम्भावना बलियो देखिन्छ ।   हेड टु हेड च्यालेन्ज हारेपछि शृंखला ’फेसबुक लाइभ’मा आफ्नो समर्थकहरूसँग माफी मागेकी छिन्। उनले भनेकी छिन्, ’मलाई पनि अवस्य मन थियो कि हेड टु हेड जितेर नेपाललाई टप ३० मा पुर्याउँ । 

तर हिजो साह्रै दुःख पनि लाग्यो कि यस्तो सपोर्ट पाउँदा पनि मैले तपाइहरूको अपेक्षा पूरा गर्न सकिनँ। म सरी भन्न चाहान्छु।’ आफूले उक्त हेड टु हेड च्यालेन्ज हार्नुको कारण पनि उनले फेसबुक लाइभमा बोलेकी छिन्। टाइम लिमिटले आफूलाई धोका दिएको उनले बताएकी छिन् । उनले भनिन्, मैले एकदम धेरै पूर्वतयारी गरेकी थिएँ। सायद धेरै तयारी पनि भयो कि के भयो, बीचमा बोल्दाबोल्दै एक–दुई लाइनचाहिँ भन्न छुटेको रहेछ। 

आफू टप ३० मा पर्ने कुरामा आशावादी रहेको पनि बताएकी छिन्। ’हेड टु हेड जित्न सकिन, तर १७ वटा स्पोट अझै खाली छ। तपाईहरू हार नमान्नुहोला। आशा छ म टप ३० मा पर्नेछु।’


Views: 70