19th December | 2018 | Wednesday | 1:52:58 AM

चौथो लक्स कामना फिल्म अवार्ड–२०७५ : लिलीबिलीलाई सर्वाधिक पाँच अवार्ड

हिमालय टाइम्स   POSTED ON : Monday, 03 December, 2018 (2:53:55 PM)

चौथो लक्स कामना फिल्म अवार्ड–२०७५ : लिलीबिलीलाई सर्वाधिक पाँच अवार्ड

काठमाडौं । लक्स कामना फिल्म अवार्डस्को चौथो संस्करण शनिबार सम्पन्न भएको छ । सिने मासिक कामनाको आयोजना र सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा शनिबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न अवार्ड समारोहमा प्रतिस्पर्धात्मक २६ सहित कुल ३४ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा सर्वाधिक पाँच अवार्ड पाउनेमा चलचित्र ‘लिलीबिली’ पर्न सफल भएको छ । 

चलचित्रले सर्वोत्कृष्ट चलचित्र, निर्देशक, नवअभिनेत्री, पाश्र्व संगीत र ध्वनि मिश्रण गरी सर्वाधिक विधाको अवार्ड हात पारेको हो । लिलीबिलीबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले जिते । यस्तै, यसै चलचित्रबाट जसिता गुरुङले सर्वोत्कृष्ट नवअभिनेत्रीको अवार्ड पाइन् । 

यस्तै, यसवर्षको सर्वोत्कृष्ट नायकमा चलचित्र ‘कृ’ का नायक अनमोल केसी पर्न सफल भएका छन् । यस्तै, नायिकामा ब्लाइन्ड रक्सबाट बेनिषा हमालले अवार्ड हात पारिन् । नवअभिनेताको अवार्ड चलचित्र ‘ग्याङ स्टार ब्लुज’ बाट आशिरमान देशराज जोशीले प्राप्त गरे । नवनिर्देशकतर्फको अवार्ड चलचित्र ‘घामपानी’ बाट दीपेन्द्र लामाले जिते । लामाले घामपानीबाटै सर्वोत्कृष्ट कथाको अवार्ड पनि हासिल गरे । 

छक्का पञ्जा–२ बाट वर्षा राउत सर्वोत्कृष्ट सहअभिनेत्री बनिन् भने चलचित्र दुई रुपियाँबाट कविराज गहतराजले नृत्य निर्देशकको अवार्ड चुमे । विराजले कामना फिल्म अवार्डमा लगातार चौथो वर्ष अवार्ड जितेका हुन् ।

लक्स स्टार अफ द इयरको अवार्ड अभिनेत्री प्रियंका कार्कीले हासिल गरिन् । समारोहमा जुरी र क्रिटिक्स अवार्ड पनि प्रदान गरिएको थियो । जुरी अवार्ड चलचित्र ‘भुइँ मान्छे’का लागि नवराज बुढाथोकीले, स्पेसल मेनसन अवार्ड अभिनयतर्फ भुइँ मान्छेबाटै अभिनेता रमेश बुढाथोकीले र चलचित्र ‘शेरबहादुर’बाट सुनिल थापाले प्राप्त गरे । सिजी क्रिटिक्स अवार्ड फेशनतर्फ अनु श्रेष्ठ, संगीततर्फ कालीप्रसाद बास्कोटा र रगंमञ्चतर्फ वीरेन्द्र हमाललाई प्रदान गरियो ।

अवार्ड समारोहको सुरुमै हास्यव्यग्य कलामार्फत् योगदान पु¥याएको हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा पर्दापछाडिको कलाकारतर्पm संगीतकार शम्भुुजित बास्कोटालाई कीर्तिमय दीर्घ योगदान सम्मानबाट सम्मान गरिएको थियो । उक्त समारोहमा मह जोडी र बास्कोटालाई १÷१ लाख रुपियाँसहित सम्मान गरिएको हो । अवार्ड समारोहमा प्रथम नायिका भुवन चन्द थापादेखि पछिल्लो पुस्ताका नायक प्रदीप खड्का र नायिका जसिता गुरुङसम्मले विभिन्न गीतमा नृत्य गरेका थिए । 


Views: 40