19th December | 2018 | Wednesday | 1:06:18 AM

किम्फमा ७० फिल्म

  POSTED ON : Monday, 03 December, 2018 (2:56:57 PM)

किम्फमा ७० फिल्म

काठमाडौं । यही मंसिर २१ गतेदेखि २५ गतेसम्म हुन गहिरहेको काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को सोहौं संस्करणमा नेपाललगायत ३१ देशका ७० भन्दा बढी फिल्महरू देखाइने भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा हुने फेस्टिभलमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्म देखाइनेछन् । 

‘वुमन मुभ माउन्टेन्स’ भन्ने ट्यागलाइन रहेको किम्फको काठमाडौं महानगरपालिका सहआयोजकका रूपमा रहेको छ ।

 फेस्टिभलबाट समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउने उद्देश्य राखिएको छ । किम्फका अध्यक्ष वसन्तले देखाइने फिल्म तथा कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनुका साथै आमनेपालीलाई प्रभाव पारिरहेका विषयवस्तु माथि चर्चा परिचर्चा हुने बताए । 

किम्फको उद्घाटन बाफ्टामा मनोनयन भएको अष्टेलियाली निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’को विशेष प्रर्दशनीबाट हुनेछ । यसपटक किम्फले नेपाली ट्राभ्लर्ससँग मिलेर ‘ट्राभेल इज एन अटिच्युड’ शिर्षकमा ३५ वर्ष मुनिका युवाको सर्ट फिल्म प्रतियोगिता गर्दैछ । यस वर्षको निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिभलका कला निर्देशक क्लेर जेन कार्टर, अष्टे«लियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा छन् । जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्ममध्येबाट उत्कष्ट तीन फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० फिल्मबाट उत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रको छनोट गर्नेछ । 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई १५ सय अमेरिकी डरल, दोस्रो हुनेलाई हजार अमेरिकी डलर र तेस्रो हुने फिल्मलाई पाँचसय अमेरिकी डलर पुरस्कार प्रदान गरिने बताइएको छ । महोत्सवको मुख्य आकर्षणमा विख्यात अष्ट्रेलियन फिल्ममेकर जेनिफर पिडम र केसाङ छेतेनद्वारा संयुक्तरूपमा सञ्चालन गरिने ‘मास्टर क्लास’ हुनेछ । त्यसैगरि ‘किम्फ डक लाइभ पिच’ तथ ‘ओमन इन फिल्म एण्ड फेस्टिभल’ विषयक कार्यशाला पनि हुनेछ । 


Views: 20