19th December | 2018 | Wednesday | 1:40:03 AM

लय र रेखालाई हरितारा चलचित्र पुरस्कार

हिमालय टाइम्स   POSTED ON : Tuesday, 04 December, 2018 (2:30:05 PM)

लय र रेखालाई हरितारा चलचित्र पुरस्कार

काठमाडौं । कलाकार लय संग्रौला र रेखा थापा हरितार चलचित्र पुरस्कारबाट सम्मानित भएका छन् । तीन दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रका लागि संरक्षण÷संम्बद्र्धन र सन्देशमूलक टेलिचलचित्रमार्फत् नेपाली जनमानसमा अनवरत सेवा पु¥याएवापत संग्रौलालाई उक्त सम्मान दिइएको हो । 

यस्तै, लगभग दुई दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनय कला तथा पछिल्लोसमय चलचित्र निर्माण र निर्देशनमार्फत् नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याएवापत् नायिका थापालाई हरितारा चलचित्र पुरस्कार–२०७५ सम्मानपत्रसहित जनही २५ हजार नगद राशीसहित सम्मान गरियो । थापालई अन्तर्राष्ट्रिय टेनिश खेलाडी मायांका राणा र माहिका राणा तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, प्रथम रंगिन नेपाली चलचित्रकी नायिका चैत्य देवी, प्रथम हास्य अभिनेत्री वसुन्धरा भुसालद्वारा पुरस्कार प्रदान गरियो । 

सोमबार राजधानीको हार्दिक होटलमा सम्पन्न समारोहमा परिवर्तन नेपालले गत सालदेखि स्थापना गरेको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार– २०७५ सम्मानपत्र तथा नगद राशी जनही १० हजारसहित तीन दशकदेखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याएवापत अभिनेता उत्तम केसीलाई र नेपाली रंग पत्रकारितामार्फत तीन दशकभन्दा बढी चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याएवापत श्री विजय रत्नतुलाधरलाई श्रीमती सावित्री कोइरालाको हातबाट प्रदान गरियो । 

यस्तै, अभिनेता निर्देशक श्री रामकाजि घिमिरे, नृत्य निर्देशक शिव बिक र अभिनेत्री तथा लेखिका श्री शोभिता सिंखडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरियो । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक तथा निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ तथा वरिष्ठ चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रिय रहेका थिए । हरितारा पुरस्कारका संरक्षक मनोज शम्शेर ज.ब.रा.का सुपुत्री द्वय मायांका राणा तथा माहिका राणाको सभापतित्वमा सम्पन्न समारोहमा हरितारा चलचित्र पुरस्कारका सदस्यसचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले दुवै पुरस्कारको परिचय तथा स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, यस कार्यक्रममा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल तथा पुरस्कृत व्यक्तित्व लय संग्रौला र रेखा थापाले आफ्नो मन्तव्य राखेका थिए ।  


Views: 29