19th December | 2018 | Wednesday | 12:33:22 AM

अनमोलको काखमा सुहाना

हिमालय टाइम्स   POSTED ON : Wednesday, 05 December, 2018 (2:08:36 PM)

अनमोलको काखमा सुहाना

काठमाडौं  । निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ३’ को केही तस्बिर सार्वजनिक गरिएको छ । अहिले छायांकनमै रहेको यो चलचित्र टिमले अनमोल र सुहानाको रोमान्स सिनका केही तस्बिर सार्वजनिक गरेको हो । जुन तस्बिरमा अनमोल र सुहाना मनाङका रमणीय स्थानमा मस्त देखिएका छन् । 

प्रतिक अधिकारी र आशीष अविरलको स्वर तथा राहुल शाहको कोरियोग्राफी रहेको गीतमा अनमोल र सुहाना फिचर्ड छन् । मनाङमा सुहानाको एक सोलो गीत पनि खिचिएको छ । झरना थापाले निर्देशन गरेको यो चलचित्रमा अनमोल एक सेलिब्रेटी र सुहाना एक प्mयानको भूमिकामा छन् । सुनिलकुमार थापाले यसलाई निर्माण गरेका छन् । चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झालगायतका कलाकारहरूको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोसिस क्षेत्री, प्रतिक पौडेल र आशीष अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ । चलचित्र आउँदो चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । 


Views: 47