27th June | 2019 | Thursday | 3:36:48 AM

हलमा नम्रताको प्रसाद

हिमालय टाइम्स   POSTED ON : मंसिर २१, २०७५ (८:०१ AM)

हलमा नम्रताको प्रसाद

काठमाडौं । आजबाट चलचित्र ‘प्रसाद’ नेपाली हलहरूमा प्रदर्शनमा आएको छ । बिहीबार राजधानीको बिग मुभिजमा भव्य प्रिमियरबाट प्रशंसा पाएको ‘प्रसाद’ देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आएको हो ।

प्रिमियरमा चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । अधिकांशले चलचित्रको विषयबस्तु मन पराएको प्रतिक्रिया दिएका थिए । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र हेर्न नायक भुवन केसीदेखि, दिपकराज गिरी, रमेश उप्रेती लगायत थुप्रै सेलिब्रेटी पुगेका थिए । सुशील पौडेलको कथामा तयार भएको यो चलचित्रमा निःसन्तान दम्पत्ति, उनीहरूको जीवनमा छाएको खुसी र आइपरेको अप्ठ्यारोलाई देखाइएको छ । चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ । चलचित्र राजेश श्रेष्ठले खिचेका हुन् । 


Views: 97