27th June | 2019 | Thursday | 3:35:41 AM

मेक्सिकोले विश्व सुन्दरीको उपाधि हात पार्दा नेपाल टप १२ मा

हिमालय टाइम्स   POSTED ON : मंसिर २३, २०७५ (११:२७ AM)

मेक्सिकोले विश्व सुन्दरीको उपाधि हात पार्दा नेपाल टप १२ मा

काठमाडौं । विश्व सुन्दरी २०१८ को उपाधि मेक्सिकोले जितेको छ । मेक्सिकोका लागि २६ वर्षीया सुन्दरी भनिसा पोन्सले उपाधि जितेकी हुन् । चीनको सान्यामा सम्पन्न प्रतियोगितामा विश्व सुन्दरी भनिसाले बेलारुस, युगान्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै विश्व सुन्दरी प्रतियोगिता जित्न सफल भएकी हुन् । उनी मेक्सिकोकी मोडल समेत हुन् । विश्व सुन्दरी प्रतियोगिता २०१७ की विजेता मानुषी चिल्लरले उनलाई आफ्नो ताज हस्तान्तरण गरिन् । प्रतियोगितामा थाइल्यान्डकी निकोलेन फस्ट रनर अप बनिन् । उनी नेपालकी शृंखला खतिवडालाई पछि पार्दै एसिया एन्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् ।

टप १२ मा नेपाल 

मिस मल्टिमिडिया र ब्युटी विथ पर्पोजको उपाधि जितेको नेपाल अन्तिम २० सम्म मात्र पुग्न सफल भयो । नेपालको प्रतिनिधित्व गरेकी २३ वर्षीया शृंखला खतिवडा फाइनलको पहिलो चरण पार गर्दै अन्तिम १२ सम्म पुगेर त्यो भन्दा अघि जान सकिनन् । पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ मा पुगेकी थिइन् । प्रतियोगितामा शृंखलाले दुई विधागत अवार्ड जितिन् । सोमबार साँझ भएको घोषणामा शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी थिइन् । आइतबार घोषणा भएको ‘हेड टु हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन् । 


प्रतियोगितामा शृंखलालाई बलियो प्रतिस्पर्धी मानिएको थियो । शृंखला फाइनल प्रतियोगितामा नेपाली झन्डासहित सहभागी भएकी थिइन् । ६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट विश्व सुन्दरी भइसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल शृंखला खतिवडामा सबैको ध्यान पुगेको थियो । विश्व सुन्दरी प्रतियोगितामा २०१८ मा १ सय २१ देशका सुन्दरीले सहभागिता जनाएका थिए । यसअघि सन् २०१३ मा इशानी श्रेष्ठ टप टेनमा पुग्न सफल भएकी थिइन् । 


Views: 91