27th June | 2019 | Thursday | 4:35:56 AM

सुश्री सम्पत्ति युरोपमा बिक्री

हिमालय टाइम्स   POSTED ON : मंसिर २४, २०७५ (७:४८ AM)

सुश्री सम्पत्ति युरोपमा बिक्री

काठमाडौं  । यही आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारिमा रहेको चलचित्र ‘सुश्री सम्पत्ति’ को जापान, दक्षिण कोरिया र युरोपमा प्रदर्शन अधिकार बिक्री भएको छ । 

चलचित्र जापान र कोरियोका लागि सूर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपका लागि सुरज कार्कीले प्रदर्शनको अधिकार लिएका छन् । नेपाल रिलिजको केही दिनमा युरोपको विभिन्न शहर तथा जापान र कोरिया फिल्म प्रदर्शन हुनेछ । दुई युवालले सुश्री सम्पत्तिको पछाडि लाग्नुको कारण र प्राप्तिका लागि गरिने संघर्षलाई देखाइने चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि र राजाराम पौडेललगायतको अभिनय छ । रंग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा प्रियंका कार्की विशेष भूमिकामा छिन् । 

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवि र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा विके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । चलचित्र भरत रेग्मीले सम्पादन गरिरहेका छन् । 


Views: 82