27th June | 2019 | Thursday | 4:45:28 AM

क्यान्सर भको हो त साहिदलाई ?

एजेन्सी   POSTED ON : मंसिर २५, २०७५ (७:२७ AM)

क्यान्सर भको हो त साहिदलाई ?

मुम्बई । केही दिनयता फैलिएको हल्लाबारे साहिद कपुर बोलेका छन् । उनलाई क्यान्सर भएको हल्ला बलिउड नगरीमा केही दिनदेखि फैलिएको थियो । एक वेबसाइटले नायक साहिदलाई क्यान्सर भएको खबर प्रकाशित गरेपछि यस्तो हल्ला फैलिएको थियो ।

साहिदले हल्ला बढी नै फैलिन थालेपछि मुख खोलेका छन् । उनले आफूलाई केही पनि नभएको र आफू ठीक भएको खबर आफ्ना फ्यानहरूलाई दिएका छन् । साहिदले ट्विट गर्दै भनेका छन् ‘साथीहरू म एकदमै ठीक छु । तपाईंहरू यस्तो हल्लाको पछि नलाग्नु होला ।’ साहिदको यो ट्विटपछि उनका प्mयानहरूमा खुसी छाएको छ । तर, बलिउडका यी नायकको यो खबरले केही दिन भने इन्टरनेटमा हंगामा नै मच्चाएको थियो ।


Views: 89