27th June | 2019 | Thursday | 4:29:08 AM

बिहे गर्न अमृतगर पुगे कपिल

  POSTED ON : मंसिर २६, २०७५ (१२:२० PM)

बिहे गर्न अमृतगर पुगे कपिल

मुम्बई (एजेन्सी) । यस वर्ष बलिउडका धेरै कलाकार विवाह बन्धनमा बाधिएका छन् । यसैबीच चर्चित कमेडियन कपिल शर्माले पनि यसै वर्ष प्रेमिका गिन्नी चतरथसँग डिसेम्बर १२ मा बिहे गर्दैछन् । विवाहका लागि कपिल भारतको अमृतसर पुगेका छन् । हालै गिन्नीको घरमा मेहेन्दी कार्यक्रममा सम्पन्न भयो । विवाहलगतै कपिल सो लिएर दर्शक माझ प्रस्तुत हुने बताइएको छ । 

केही समयअघिमात्रै बलिउड अभिनेत्री प्रियांका चोपडाले पनि अमेरिकन गायक निक जोनससँग विवाह गरिन् । त्योभन्दा अघि अभिनेत्री दीपिका पादुकोण र रणवीर कपुरले बिहे गरे । यस्तै भारतकै मुकेश अम्बानीकी छोरीको पनि विवाह भइसकेको छ । 


Views: 101