19th September | 2019 | Thursday | 9:31:19 PM

मुकेश अंबानीकी छोरी इशाको विहे

हिमालय टाइम्स   POSTED ON : मंसिर २६, २०७५ (५:४५ PM)

मुकेश अंबानीकी छोरी इशाको विहे

काठमाडौं । भारतीय उद्योगीहरू मध्ये धनी मुकेश अंबानीले आफ्नी एकमात्र छोरी इशा अंबानीको विवाह गर्दैछन् । यस समयमा मुम्बई स्थित अम्बानीको घरमा जन्तीको स्वागत भइरहेको छ । 

इशाको विहेमा अमिताभ बच्चन–जय बच्चन र शुभता बच्चन लगायत भारतीय उच्च पदस्थ व्यक्ति सहित कलाकारहरु अंबानीको घरमा पुगेका छन् ।

विहेमा विशेष सुरक्षा बल तैनात गरिएको छ । सामान्य सवारीका साधनलाई रोक लगाइनुका साथै सुरक्षा प्रबन्ध कडा पारिएको छ ।

 समाचार स्रोतका अनुसार दुलाह आनंद पिरामल अंबानी निवास पुगिसकेका छन् । मुकेश अंबानीका छोरा आकाश र अनन्तले घोडामा बसेर दुलाहलाई स्वागत गरेका छन् ।

समाचार स्रोतका अनुसार आज राति नै इशा अम्बानीको विदाई हुनेछ ।



Views: 140