27th June | 2019 | Thursday | 3:36:40 AM

मेघास्टार मागेको होइन

हिमालय टाइम्स   POSTED ON : मंसिर २८, २०७५ (७:१४ AM)

मेघास्टार मागेको होइन

काठमाडौं । नायक अनमोल केसीको आउँदो चलचित्र ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘रहर छ सँगै हुने’ बोलको गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको स्वर छ भने गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

गीतमा दिग्गज धउरालीले शब्द भरेका छन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र उपाशना सिंह ठकुरीको प्रेम देखिन्छ । भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ भने दीर्घराज खड्काले सम्पादन गरेका हुन् ।

बिहीबार राजधानीको क्युज सिनेमा हलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अनमोलले चलचित्रका लागि फुटबल खेलाडी बन्न लामो समय मिहिनेत गरेको बताए । उनले लगातार तीन महिनासम्म कोचसँग तालिम लिएको बताए । ‘गीत राम्रो बनाउन टिमले मिहिनेत गरेका छौं मैले हालसम्म फुटबल खेलेको थिइन, फुटबलरले धेरै कुरा सिक्नु पथ्र्यो त्यसैले समय लिएर धैरे कुरा सिकेँ ।’ 

चलचित्रका निर्देशक दिवाकर भट्टराईले चलचित्रको विषयमा बोल्दै आफ्नोतर्फबाट भरपुर राम्रो बनाउने कोसिस गरेको बताउँछन् । यस्तै निर्माता भुवन केसीले पनि खेलप्रेमीका लागिमात्र नभएर सारा नेपालीका लागि ‘क्याप्टेन’ निर्माण गरेको बताए । 

सार्वजनिक गीतका संगीतकार अर्जुन पोखरेलले गीत निर्माण गर्दाको समय सम्झदै अनमोल र भुवन केसीको चलचित्र प्रतिको लगावबारे खुलेरै प्रसंसा गरे । ‘मैले धेरै चलचित्रका लागि गीत बनाएको छु, तर उहाँहरूको चलचित्र प्रतिको लगाव देखेरे अचम्मित छु’, पोखरेलले भने । 

कसले भन्यो मेघास्टार ? 

कार्यक्रममा अनमोल केसीलाई मेघास्टार भन्न मिल्छ कि मिल्दैन ? मेघास्टारको अर्थ के हो भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए । अनमोलका केही चलचित्र हिट हुँदैमा मेघास्टारको उपमा दिन मिल्छ भन्ने प्रश्नमा निर्माता भुवन केसीले सञ्चारकर्मी नरेश भट्टराईले नै यो ट्याग दिएको भन्दै उत्तर पनि उनैलाई दिन सुरुमा आग्रह गरे । सञ्चारकर्मी नरेशले अनमोल पछिल्लोसमयका सुपुरसटार भन्दा पनि माथि र सबै दर्शक तथा निर्माताहरूको रोजाइमा पर्ने भएकाले आफूले मेघास्टार भनेको बताए । 

साथै पछिल्लो समय धेरे मिडियाकर्मीले पनि उनलाई मेघास्टारको ट्याग दिएको बताउँछन् । यस्तै निर्माता भुवनले आफूहरूले अनमोललाई कुनै उपमा दिन नपर्ने बताए । उनले अरूले जे भने पनि आफूहरू साधारण कलाकार भएको बताए ।

‘हामी कलाकारले काम गर्दै जाने हो, कसैले यस्तो भनिदिए हुन्थ्यो, त्यस्तो भनिदिए हुन्थ्यो भन्दैनौं, अब बाहिर अरूले माया गरेर मेघास्टार, सुपरस्टार भन्छन् भने हामी केही भन्न सक्दैनौं’, भुवनले भने । यस्तै नायक अनमोलले आफूले मेघास्टार भनिदिए हुन्थ्यो भन्ने चाहना नराखेको बताउँछन् । ‘मैले मेघास्टारको ट्याग मागेको होइन, माया गरेर कसैले भन्छन् भने त्यो मेरो लागि राम्रो कुरा हो, म यति भन्छु, म अनमोल केसी हुँ’, उनले भने ।

 


Views: 93