27th June | 2019 | Thursday | 4:41:01 AM

सुटिङमा बेहोस भइन् प्रियंका

हिमालय टाइम्स   POSTED ON : मंसिर २८, २०७५ (७:१७ AM)

सुटिङमा बेहोस भइन् प्रियंका

काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’को सुटिङको क्रममा नायिका प्रियंका कार्की बेहोस भएकी छन् । चितवनको एक रिसोर्टमा आइटम गीतमा नृत्य गर्नेक्रममा रातको २ बजे प्रियंका बेहोस भएकी हुन् । निर्माण टिमले प्रियंकालाई अस्पताल लैजाने तयारीमा थियो तर केहीबेरमा प्रियंकाको मुखमा पानी छम्किएपछि उठेकी थिइन् । चलचित्रका निर्माता किरण केसीका अनुसार प्रियंका साधारण अवस्थामा आइसकेपछि फेरि सुटिङलाई निरन्तरता दिएकी थिइन् । ‘प्रियंकाले सुटिङअघि जहिले तातो पानीमात्र खाने गर्दिरहिछिन्, कामप्रति यतिधेरै लगाव भएको नायिका प्रियंकामात्र देखेँ’, निर्माता किरणले भने । 

चारैतिर आगो बालेर बीचमा नायिका कार्की नाचेकी थिइन् । यसैले पनि धुवाँको कारणले उनी बेहोस भएको किरणले बताए । सुदन केसी निदेर्शित यो चलचित्रमा प्रियंकाको एक आइटम नृत्य रहेको छ । 


Views: 121