22nd January | 2019 | Tuesday | 9:32:05 AM

मेघालयकी सुन्दरीलाई ‘मिस कोच’को उपाधि

  POSTED ON : Sunday, 16 December, 2018 (9:20:09 PM)

मेघालयकी सुन्दरीलाई ‘मिस कोच’को उपाधि

भद्रपुर ।  झापाको मेचीनगरमा भएको ‘मिस कोच इन्टरनेसनल २०१८’ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले जितेकी छन् । 

झापा मिडिया हाउसको आयोजनामा शनिबार साँझ भएको प्रतियोगितामा सदापले उपाधिसँगै रु एक लाख नगद, होटल मेनेजमेन्ट पढ्ने छात्रवृत्ति र एक थान स्मार्ट फोन पाएकी छन् । 

प्रतियोगितामा फस्ट रनरअप उपाधि भारत पश्चिम बङ्गालकी प्रतिमा सिंह र सेकेन्ड रनरअप उपाधि मेचीनगरकी सोनाली राजवंशीले जितेकी थिइन् । दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ५० हजार र रु २५ हजार नगद प्रदान गरिएको थियो । प्रतियोागितामा झापा, मोरङ तथा भारतको बङ्गाल, मेघालय र आसमका गरी १७ कोच समुदायका युवती सहभागी थिए । 

रासस


Views: 38

सम्बन्धित सामग्री:

बलिउड गीतमा सृष्टि

: Sunday, 20 January, 2019 (7:47:38 PM)