19th September | 2019 | Thursday | 8:15:17 PM

प्रभासको साहोमा असली एक्सन

एजेन्सी   POSTED ON : पुष ४, २०७५ (१२:३७ PM)

प्रभासको साहोमा असली एक्सन

मुम्बई । बलिउड चलचित्र ‘बाहुबली’बाट साउथ अभिनेता प्रभास सुपरस्टार बने । उनका लागि दर्जनौं चलचित्र निर्मातापछि लागे । उनी फेरि एकपटक नयाँ चलचित्रबाट दर्शकमाझ फरक तरिकाले चिनिन चाहन्छन् । उनको प्रतिक्षित चलचित्र ‘साहो’ आउनेक्रममा छ । 

यो चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन । बलिउड अभिनेत्री श्रद्धा कपुर र प्रभासको मुख्य भूमिका रहेको सो चलचित्रमा विशेष कुरा के छ भन्ने दर्शकका लागि प्रभासले भनेका छन्, ‘दर्शकलाई असली एक्सनको थ्रिल महसुस हुन सकोस् भनेर फिल्ममा सबै कुरा रियल गर्ने कोसिस गरेका छौं ।’ चलचित्रमा ९० प्रतिशत एक्सन असली गरिएको छ । छायांकनको क्रममा ३७ कार र ५ ट्रक्सको टक्कर भएको थियो, ती सबै काम नलाग्ने भएका छन् । 

गत वर्ष उनको जन्मदिनमा मेकर्सले यस फिल्मको फस्टलुक सार्वजनिक गरेका थिए र १ मिनेट २२ सेकेण्डको ‘शेड्स अफ साहो’ भिडियो शेयर गरिएको थियो । यस चलमचित्रको निर्देशक सुजित हुन् । वाम्सी निर्मातामा छन् । ‘साहो’ मा नील नितिन मुकेश र मन्दिरा बेदी नेगेटिभ रोलमा छन् ।


Views: 76