25th June | 2019 | Tuesday | 11:36:30 AM

‘थोरै तर उत्कृष्ट काम गर्छु’

हिमालय टाइम्स   POSTED ON : पुष २४, २०७५ (७:२५ AM)

‘थोरै तर उत्कृष्ट काम गर्छु’

काठमाडौं (हिटा) । नेपाली चलचित्र तथा म्युजिक भिडियोकी व्यस्त नायिका शान्ति पौडेल कलाकारितामा आफ्नो करिअर बनाउन चाहान्छिन् । उनले विगत सात वर्षदेखि म्युजिक भिडियो तथा  टेलिफिल्ममा काम गर्दै आएकी छन् । साथै उनले केही चलचित्रमा सहायक भूमिकामा पनि काम गरिसकेकी छन् ।

ऋषिराज आचार्य निर्देशित ‘आफन्त, यात्रा जिन्दगीको झट्का’ लगायतका टेलिसिरियलमा प्रमुख भूमिका निर्वाह गरिसकेकी शान्ति अभिनयका साथै चलचित्र निर्देशनमा रुचि रहेको बताउँछिन् । ‘मलाई अभिनयसँगै चलचित्र निर्देशनमा पनि रुचि छ तर अहिले नै हैन, सिकेर आउनेछु’ उनले भनिन् । उनले ‘सुन्तलीलाई भगाइलग्यो झिल्केले, ड्रिम गर्ल’ लगायतका केही चलचित्रमा सहायक निर्देशकको जिम्मेवारी निर्वाह गरेको बताउछिन् । केहीसमय आरबी मुभिज्मा नृत्य प्रशिक्षकका रूपमा काम गरेको उनी भन्छिन्, ‘संख्यामा भन्दा म गुणस्तरमा विश्वास गर्छु । त्यसैले थोरै तर उत्कृष्ट काम गर्ने प्रयत्नमा छु ।’ स्नातक तेस्रो वर्षमा अध्ययनरत शान्ति अहिले पनि केही चलचित्रको काममा व्यस्त रहेको बताउँछिन् । साथै उनी म्युजिक भिडियोमा मोडलिङ गरिरहेकी छन् । 


Views: 102