25th June | 2019 | Tuesday | 5:58:15 AM

थप पोष्टरमा रणवीर

हिमालय टाइम्स   POSTED ON : पुष २५, २०७५ (७:५२ AM)

थप पोष्टरमा रणवीर

काठमाडांै  । आउँदो माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रणवीर’ टिमले चलचित्रको थप पोष्टर सार्वजनिक गरेको छ । केही समयअघि सार्वजनिक भएको पोष्टरमा रिशाहा देखिएका अभिनेता सुशील सिटौलाको पोष्टरमा प्रेमीको भूमिका खुलाइएको छ । मंगलबार सार्वजनिक गरिएका ६ पोष्टरमध्ये तीन पोष्टरमा सुशीललाई दुई नवोदित अभिनेत्री शुभेक्षा खड्का र सुपुष्पा भट्टसँग प्रेम र मित्रता देखाइएको छ । बाँकी एउटा पोष्टरमा यी तीनसँगै चलचचित्र प्रशान्त ताम्राकारलाई रौद्ररूपमा प्रस्तुत गरिएको छ । 

चलचित्रको कथावस्तुअनुसार नै पोष्टर तयार गरिएको निर्माण पक्षले बताएका छन् । यसै चलचित्रका लागि सुशीलले आफ्नो शारीरिक बनावटमा परिवर्तन ल्याएका थिए । झन्डै ६ महिनाको मिहिनेतपछि सुशील रणवीर बन्नयोग्य भएको निर्माण पक्षले बताएका छन् । ‘मिहिनेत कति गरे भन्ने तथ्यलाई त आउने प्रचार सामग्रीले प्रष्ट्याउनेछ,’ सुशील भन्छन्, ‘फिल्मको पोष्टरले भावलाई प्रस्ट्याउछ ।’ 

सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी शुभेक्षालाई फिल्ममार्फत् डेब्यु गर्दैछिन् । रणवीरबारे उनले भनिन्,‘फिल्ममा मलाई साथी तथा प्रेमिकाको रूपमा देख्नुहुनेछ’ सुभेक्षाले भनिन् ‘फिल्मको कथावस्तुले हाम्रो पुस्तालाई प्रस्तुत गर्छ ।’ उनले प्रस्ताव आएका कयांै फिल्मलाई रिजेक्ट गरेर रणवीरमार्फत् डेब्यु गर्दैछिन् । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्दसिंह भण्डारीको रहेको छ । बदलाको भावनायुक्त प्रेमकथामा आधारित रहेको रणवीर तयार गरेको निर्देशक गोविन्दले बताए ।

यसअघि चलचित्र गाजाबाजा निर्माण गरेका दीपेन्द्र रेग्मी र गोमा विष्ट थापाले रणवीर बनाएका हुन् । निर्माता गोमा पनि फिल्मलाई विनासम्झौता तयार गरेको बताएकी छन्, ‘हामीले फिल्ममा कहिँकतै सम्झौता गरेका छैनौं । एउटा राम्रो फिल्म दर्शकलाई दिने हाम्रो इच्छा हो,’ गोमाले भनिन् । 

चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको र महँगो बजेटमा रणवीर तयार भएको अर्का निर्माता दीपेन्द्र रेग्मीले बताए । ‘फिल्मको सार्वजनिक पोष्टरबाट पनि यसप्रति अनुमान लगाउन सक्नुहुन्छ । रणवीर मनोरञ्जनको फुल प्याकेज हो । यसमा चलचित्रमा चाहिने सबै तŒव छन् ।’

चलचित्रमा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टीका पहाडीलगायत कलाकारको पनि अभिनय छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । एक गीतमा बाबु श्रेष्ठको छायांकन रहेको यो फिल्मको ट्रेलर साहिल खानले तयार गरेका हुन् । 


Views: 84