20th September | 2019 | Friday | 8:57:45 AM

फिक्कलमा कला शिविर

हिमालय टाइम्स   POSTED ON : माघ ८, २०७५ (१२:५६ PM)

फिक्कलमा कला शिविर

सिन्धुली । फिक्कल गाउँपालिकाले आयोजना गरेको ‘फिक्कल कला शिविर–२०७५’ सम्पन्न भएको छ । ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृंखलाको ‘पानोरमा भ्यू’ देख्न सकिने सिन्धुलीको फिक्कल टाकुराको प्रवद्र्धन गरी पर्यटक भिœयाउने उद्देश्यसहित राखिएको शिविरमा कलाकारले गाउँगाउँ घुम्दै सुनकोशी जलयात्रा, जनजीवन, भू दृश्य र फिक्कलबाट देखिने हिमालय शृंखलाका २३ चित्रकला तयार पारेका थिए ।

 शुक्रबार सम्पन्न उक्त ६ दिने ‘फिक्कल कला शिविर’ मा ६ कलाकारको सहभागिता थियो । फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार, कला शिविरमा अंशुराम खाइजु, मंगल प्रजापति, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्काको सहभागिता रहेको थियो । 

उपाध्यक्ष सुनुवारले फिक्कलको पर्यटकीय विशेषताको खोजी र प्रवद्र्धन गर्ने उद्देश्यसहित कला शिविर आयोजना गरिएको जानकारी दिइन् । पर्यटन प्रवद्र्धनमा तस्वीर र चित्रकलाको महŒवपूर्ण भूमिका हुने चर्चा गर्दै उपाध्यक्ष सुनुवारले भनिन्, ‘कला शिविरमा तयार भएका चित्रकला र तस्वीरलाई राजधानीसहित देश विदेशमा लगेर प्रदर्शन गर्छौं । फिक्कलको प्रवद्र्धनमा यसले पक्कै सहयोग पुग्नेछ ।’

फिक्कलको पर्यटन प्रवद्र्धनका लागि साततले ‘भ्यू टावर’ समेत बन्ने क्रममा छ । २०६८ सालबाट निर्माण थालनी भएको टावरलाई गाउँपालिकाकाले दुईवर्ष गरी ७० लाख रुपियाँ विनियोजन गरिसकेको छ ।

कला शिविरमा तयार पारिएका चित्रकलालाई प्रथम फिक्कल महोत्सव, २०७५ मा प्रदर्शनीका लागि राखिएको छ । महोत्सव यही माघ ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । 


Views: 93