20th September | 2019 | Friday | 9:40:14 AM

अष्ट्रेलियामा रविको कन्सर्ट हुँदै

हिमालय टाइम्स   POSTED ON : माघ ९, २०७५ (१:३८ PM)

अष्ट्रेलियामा रविको कन्सर्ट हुँदै

काठमाडौं  । चर्चित गायन रियालटी शो ‘नेपाल आइडल सिजन–२’ का विजेता रवि ओडले अष्ट्रेलियामा कन्सर्ट गर्ने भएका छन् । उनीसँगै अन्य उत्कृष्ट पाँच प्रतिस्पर्धी पनि सँगै हुनेछन् । ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ नामक कार्यक्रममा रविसँगै विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बराल र पवन गिरीले प्रस्तुति दिनेछन् । 

आगामी फेब्रुवरी ८ अर्थात् माघ २५ गते शुक्रवार सिड्नीको लिभरपुल स्ट्रिटस्थी सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा नेपाल आइडल–२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६ मा पुग्न सफल गायक–गायिकाको प्रस्तुत हँुदैछन् । सिड्नीको लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो ।

अष्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले यो वृहद सांगीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ । नेपाली समुदायको अत्यधिक बसोवास रहेको सिड्नीमा फेब्रुवरी ८ मा भव्य रूपमा कार्यक्रम सम्पन्न गर्नेगरी तयारी गरिएको नेपाली टचका फाउण्डर डाइरेक्टर दिपेश पुनले जानकारी दिएका छन्  स्थानीय समयअनुसार साझ ८ बजेदेखि प्रारम्भ हुने नेपाल आइडलको लाइभ कन्सर्टमा नेपालकी लोकप्रिय डान्स जक्की डिजे अर्पणा सहभागी हुनेछिन् ।


Views: 111