20th September | 2019 | Friday | 9:26:37 AM

पोष्टरमा यात्रा

  POSTED ON : माघ ११, २०७५ (१२:१३ PM)

पोष्टरमा यात्रा

काठमाडौं  । चलचित्र ‘यात्रा’ को तीन पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा नवअभिनेत्री मल्लिका महत्त र अभिनेता सलिनमान बनियाँलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ भने तेस्रो पोस्टरमा अभिनेता सलोन बस्नेतसहित चलचित्रका अन्य कलाकारहरू फिचर्ड छन् ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको यो चलचित्रमा नायक सलिनमान एक भ्लगरको भूमिकामा देखिँदैछन् । चलचित्रमा जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेललगायतको अभिनय छ । विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ । चलचित्रमा बालकलाकारको रूपमा युट्युबमा चर्चित अंकित संग्रौला र एन्जल राई छन् । केही दिनमा यस चलचित्रको पहिलो गीत निर्माण टिमले सार्वजनिक गर्दैछ । 

च्लचित्र केशव भट्टराई र सुशील पोखरेलले संयुक्तरूपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा जिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सहनिर्माता छन् । चलचित्रमा कथा पनि निर्देशक स्वयंको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराज र प्रवीन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन छ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतीक पौडेल र कोविद बज्रको संगीत छ । 

सलिनमान ‘ए मेरो हजुर २’ पछि पर्दामा देखिन लागेका हुन् । चलचित्र आउँदो चैन २९ गतेबाट प्रदर्शनमा आउँदैछ । सोही समयमा अभिनेता अनमोल केसी अभिनित ‘ए मेरो हजुर ३’ पनि सँगै आउँदैछ । 


Views: 92