19th September | 2019 | Thursday | 8:19:27 PM

प्रियंकाको कुकुरको ५९ लाखको ज्याकेट

हिमालय टाइम्स   POSTED ON : माघ ११, २०७५ (१२:४३ PM)

प्रियंकाको कुकुरको ५९ लाखको ज्याकेट

मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री प्रियंका चोपडाको कुकुरले कति पैसाको कपडा लगाउँछ होला भन्ने जिज्ञासा धेरैलाई हुनसक्छ । हाल अमेरिकाको लस एञ्जलसमा रहेकी प्रियंका निक जोनससँगको विवाहपछि उत्तै व्यस्त छिन् । यी दुईको साथमा कुकुर ‘डायना चोपडा’ पनि अमेरिका पुगेको छ । प्रियंका सानैबाट कुकुरप्रेमी थिइन् । उनी आफ्नो कुकुर ‘डायना चोपडा’ का कारण पनि निकै चर्चामा आउने गर्छिन् । 

लस एञ्जलसमा रहेर हालैमात्र उनले आफ्नो कुकुर डायनाको फोटो इन्स्टाग्राममा पोष्ट गरेकी छन् । जुन फोटोमा डायनालाई हुडी ज्याकेट लगाएर बेडमा बसिरहेको देख्न सकिन्छ । उक्त फोटोमा प्रियंकाले एक क्याप्सन लेखेकी छन् । जसमा उसले लगाएको ज्याकेटको मुख्य दिइएको छ । प्रियंका चोपडाले कुकुरलाई किन्देको ज्याकेट ५१ हजार ६ सय ५४ अमेरिकी डलरको छ भने नेपाली झण्डै ५९ लाख नेपाली रुपैयाँ छ । यस विषयमा प्रियंका हाल निकै चर्चामा रहेकी छन् ।


Views: 108