27th June | 2019 | Thursday | 4:41:39 AM

आँचलले माफी मागिन्

हिमालय टाइम्स   POSTED ON : माघ १३, २०७५ (११:४६ AM)

आँचलले माफी मागिन्

काठमाडौं । केही समयअघि विना जिम्मेवारी बोलेको कुराका कारण नायिका आँचल शर्माले माफी माग्नुपरेको छ । चलचित्र ‘दाल भात तरकारी’को गीत रिलिज कार्यक्रममा पुगेकी नायिका आँचलले पत्रकारका अगाडि माफी मागेकी हुन् ।

दुई साताअघिमात्रै नायिक आँचलले एक म्युजिक भिडियोको छायांकनमा दालभात तरकारी टिमले कुनै पनि अन्तर्वार्तामा बोल्न नदिएको आरोप लगाएकी थिइन् । त्यसै सन्दर्भमा कार्यक्रममा पत्रकारले प्रश्न गरे तर दालभात टिमको तर्फबाट निर्माता किरण केसीले कुनै कलाकारलाई अन्तर्वार्तामा बोल्नका लागि बन्देज नगराएको प्रष्ट पारेका थिए । ‘म म्युजिक भिडियोमा पनि काम गर्छु, हामीले जे गर्दा पनि गाली नै पाइन्छ । कतिले मलाई म्युजिक भिडियो किन गरेको भनेर प्रश्न राख्नुहुन्छ । मलाई पनि दर्शक दोधारमा पर्नुहुन्छ भन्ने लागेको थियो । म्युजिक भिडियो आउँदा, युटुबमा अन्तर्वार्ता आउँदा दर्शकलाई दिक्क लाग्छ कि भन्ने लागेको थियो । यसैले चलचित्रबाहेक अरू विषयमा केही महिना नबोलौं भन्ने लागेको हो’, आँचलले अन्तर्वार्ता किन दिनुभएन भन्ने प्रश्नको उत्तरमा भनिन् ।

कार्यक्रममा पत्रकारले फेरी प्रश्न गरे ‘के तपाईंहरूको मुड अनुसार पत्रकार चल्नुपर्ने हो ? तपाईंहरूले बोल्न चाहँदा बोल्ने, बोल्न नचाहँदा नबोल्ने हो ?’ आँचले फेरी भन्छिन् ‘नरम तरिकाले सोध्नुहोस् न, डर लाग्दैन हामीलाई । यसका लागि म क्षमा माग्न चाहन्छु ।’ पत्रकारले फेरि भने, ‘कृपया तपाईंहरूका लागि हामीले रातदिन नभनी काम गरेका छौं । कृपया तपाईंहरूले हाम्रो पनि सम्मान गरिदिनुहोला ।’

आँचलले केही समयअघि राजेन्द्र हुमागाईंको स्वरमा रहेको एक गीतको पेप्सीकोलामा भएको भिडियो छायांकनको समयमा उनले अन्तर्वार्ता नदिँदा केही मिडियाका पत्रकारहरूलाई फर्काएकी थिइन् । त्यो समयमा चलचित्र दालभात तरकारी टिमले आफूलाई कतै पनि बोल्न नदिएको बताएकी थिइन् ।



Views: 93