27th June | 2019 | Thursday | 4:09:54 AM

मदनकृष्णको अगाडि नेपग्याजमको कमेडी

  POSTED ON : माघ १४, २०७५ (१२:०९ PM)

मदनकृष्णको अगाडि नेपग्याजमको कमेडी


काठमाडौं (हिटा) । पछिल्लोसमय युट्युवमार्फत् स्ट्यान्डप कमेडी गरेर चर्चा बटुलेको ग्रुप नेपग्याजमले कमेडी शो प्रस्तुत गरेको छ । आफ्नो पाँचौं संस्करणको स्ट्यानडप कमेडीको रूपमा टिमले राष्ट्रियस्तरका विभिन्न कलाकारका अगाडि राजधानीको राष्ट्रिय सभागृहमा शो सम्पन्न गरेको हो ।

नेपाली हास्य व्यंग्यका जोडी ‘मह’का मदनकृष्ण श्रेष्ठ तथा कलाकार किरण केसीको विशेष उपस्थितिमा लोकप्रिय गायकद्वय सत्यराज आचार्य, स्वरूपराज आचार्य, नेपाली फुटबलका स्टार स्ट्राइकर रोहित चन्दको उपस्थितिमा कमेडी शो सम्पन्न गरिएको थियो ।

नेपग्याजमका डोरेस खतिवडा, लेखमणि त्रिताल, विवेक उप्रेती, युकेजी तथा सरोज भण्डारी बेग्लाबेग्लै प्रस्तुतिमा राजनीतिक तथा सामाजिक व्यांग्यका साथ पाँच सय बढी युवालाई हसाएका थिए । डोरेस खतिवडाबाट प्रारम्भ भएको यस कमेडीको समापन ‘रमेश अंकलको छोरो’ पात्र उपनामले परिचित लेखमणि त्रितलको प्रस्तुतिबाट सम्पन्न भएको थियो ।

डोरेसको प्रस्तुतिलगत्तै पाँचैजना कलाकारले दुवै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा किरण केसीको योगदानका लागि सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपछि कलाकार किरण केसीले दर्शकको अपार उपस्थिति र नयाँ कलाकारको काम देखेर सार्ह्रै हर्षित भएको र नेपाली हास्यव्यंग्को डोरी नयाँ पुस्ताले मज्जाले हाक्नसक्ने कुरा व्यक्त गरे । उपस्थित दर्शकको सम्मानमा उनको अघिल्लो चलचित्र शत्रुगतेको सुपरहिट गीत ‘रूपै मोहनी’ र ‘पातलीलाई नक्कलीलाई कसरी बे गरुँ’ गीत मज्जैले गाइदिए । 

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्णले निकै राम्रो कमेडी शो देखाएको भन्दै आफूले सम्मान गर्न चाहेको बताए । ‘मैले त यो सम्मान कलाकारलाई मैले पो दिने होला भन्ठानेको त मलाई पो सम्मान गरे त’ मदनकृष्णले केही यस्तै वाक्य बोल्दै माहोल रमाइलो बनाएका थिए । 

 


Views: 216