27th June | 2019 | Thursday | 4:33:12 AM

मणिकर्णिकालाई ४२ करोड

एजेन्सी   POSTED ON : माघ १५, २०७५ (८:१० AM)

मणिकर्णिकालाई ४२ करोड

मुम्बई । गएको शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘मणिकर्णिका’ ले तीनदिनमा ४२ करोडको ब्यापार गरेको छ । पहिलो दिनमा चलचित्रले जम्मा ८ करोड ७५ लाखको मात्र व्यापार गरेको थियो तर १३ देखि १५ करोडको व्यापार गर्नसक्ने अनुमान थियो । 

दोस्रो र तेस्रो दिन भने यस चलचित्रले पहिलो दिनको तुलनामा दोब्बरभन्दा बढी ब्यापार गरेको छ । दोस्रो दिन शनिबार १८.१० करोड कमाएको यस चलचित्रले तेस्रो दिन १५.७० करोड कमाएको छ । समग्रमा भन्नुपर्दा ‘मणिकर्णिका’ ले तेस्रो दिनसम्ममा ४२.५५ करोडको व्यापार गरिसकेको छ ।

झाँसीकी रानी लक्ष्मीबाईको जीवनीमा आधारित यस चलचित्रमा अभिनेत्री कंगना रनौतले रानी लक्ष्मीबाईको भूमिका निर्वाह गरेकी छिन् । कंगना रनौतको अलवा यस चलचित्रमा अंकिता लोखण्डे, कुलभूषण खरबन्दा, डेनी डेन्जोगंपा, जिस्सुसेन गुप्ता लगायतको पनि भूमिका रहेको छ । चलचित्रको निर्देशनमा स्वयं कंगना रनौत र क्रिशको हात छ ।


Views: 103