19th August | 2019 | Monday | 9:14:32 PM

बिहे नै नगरी आमा बनिन् एकता

  POSTED ON : माघ २०, २०७५ (११:०२ AM)

बिहे नै नगरी आमा बनिन् एकता

मुम्बई (एजेन्सी) । केही समयअघिदेखि आफू बिहे नै नगरी आमा बन्ने बताउँदै आएकी बलिउड टेलिसिरियलको क्षेत्रकी चर्चित निर्मात्री एकता कपुरले बचन पूरा गरेकी छन् । उनले सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिएको बताएकी छन् । उनले जनवरी २७ मा बच्चालाई जन्म दिई आमा बनेकी छन् ।

यसअघि उनका भाइ तथा बलिउडका अभिनेता तुषार कपुरले पनि सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिएका थिए । उनहरूले बच्चाको नाम लक्ष्य राखेका छन् । अहिले बच्चा र आमा दुवैको अवस्था राम्रो छ ।


Views: 130

सम्बन्धित सामग्री:

पोखरामा जाइरा टिम

: भदौ १, २०७६ (१:५१ PM)