18th February | 2019 | Monday | 3:33:52 PM

किन गए समुद्री किनारमा प्रदीप र जसिता ?

हिमालय टाइम्स   POSTED ON : Monday, 04 February, 2019 (4:01:42 PM)

किन गए समुद्री किनारमा प्रदीप र जसिता ?

काठमाडौं । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत भियतनाममा खिचिएको छ । आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिम भियतनामका विभिन्न सुन्दर स्थानमा छायांकन गरेर नेपाल फर्किएको छ । 

‘घाम जुन नै चाहिँदैन...’ बोलको गीतका छायांकन तस्वीरमा प्रदीप र जसिता समुद्री किनारमा देखिएका छन् । गीतको भिडियो अगामी भ्यालेन्टाइनको अबसर पारेर २ फागुनमा रिलिज गरिने बताइएको छ । 

चलचित्रका प्रस्तुत कर्ता गोविन्द शाही भन्छन्, ‘मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साइली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यवस्थित गर्न लभ स्टेशनलाई २२ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो ।’ उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । लभ स्टेशनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । 

चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।


Views: 55