25th April | 2019 | Thursday | 7:33:41 AM

मलेसिया लागे धुर्मुस सुन्तली

  POSTED ON : माघ २२, २०७५ (५:४९ AM)

मलेसिया लागे धुर्मुस सुन्तली

काठमाडौं । चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेसँगै सहयोग रकम संकलनका लागि धुर्मुस सुन्तली फाउण्डेसन लागिपरेको छ । जसका लागि सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को टिम सोमबार  एक साताको कार्यक्रमका लागि मलेसिया प्रस्थान गरेको छ । 

‘हामीले रंगशाला बनाउने घोषणा गरेसँगै सहयोगका लागि अपिल गरिरहेका छौं, फलस्वरूप पहिलो कार्यक्रम मलेसियाका लागि तय भएको छ, एक साता मलेसियाका विभिन्न शहरमा सांगीतिक कार्यक्रम रहेको छ,’ एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै धुर्मुसले भने, ‘सिटी एक्प्रेस धुर्मुस सुन्तली साँझ’ नाम राखिएको कार्यक्रममा नेपालबाट गएका अन्य कलाकारको पनि प्रस्तुति रहने र उठेको सम्पूर्ण रकम क्रिकेट रंगशालाको निर्माणमा लगाइने जानकारी दिए । ‘एक साताको समयमा मलेसियाको क्वालालम्पुर, पेनाङ र जोर्बारोमा कार्यक्रम हुनेछ, कार्यक्रममा सहयोग गर्न चाहनु हुने जोकोहीले सहयोग गर्न सक्नुहुनेछ,’ उनले भने । उनले टिकटबाट उठेको सम्पूर्ण रकम रंगशाला निर्माणका लागि प्रयोग हुने बताए । उनले रंगशाला निर्माण गर्ने घोषणा गरेपछिको विदेशमा गर्न लागिएको यो पहिलो कार्यक्रम भएको बताए ।  उनले भने, ‘मेलसियामा रहनुभएका नेपालीको साथ देख्दा एक करोड उठ्ने अपेक्षा राखेका छौं ।’ रंगशाला निर्माण गर्ने घोषणा गरेको दिनदेखि हालसम्म पाँच करोड पचास लाखभन्दा बढी उठेको धुर्मुसले जानकारी दिए । साथै फाउण्डेसनमा रहेको दुई करोड नौं लाख रुपैयाँ रंगशाला निर्माणमा खर्चिने घोषणा गरिइएको धुर्मुसले जानकारी दिए ।

यस्तै सुन्तलीले तीन अर्ब बजेटले रंगशाला बन्दैन कि भन्ने डरमा रहेका नेपालीहरूलाई निर्धक्क हुन आग्रह गरिन् । उनले एक नेपालीले एक सयको दरले सहयोग गरेपछि रंगशाला निर्माणका लागि रकम पुग्ने बताइन् । ‘हामीले व्यक्तिगतरूपमा सोच्दा रंगशालाको निर्माणका लागि राखेको अनुमानित बजेट निकै ठूलो हो तर सबै नेपालीले साथ दिएमा त्यति ठूलो रकम होइन्, त्यसैले सबैको साथको अपेक्षा लिएका छौं,’ सुन्तलीले भनिन् । उनले कार्यक्रमबाहेक मलेसियामा रहेका अन्य नेपालीलाई भेट्न पुग्ने बताइन् । उनले आपूmलाई कसैले भेट्छौं, सहयोग गर्छौ भन्छन् भने सकेसम्म सबैलाई भेट्ने बताइन् 

उनले सरकारले प्रयोग गरेको छ जस्तो लाग्छ कि नाई भन्ने सञ्चारकर्मीको प्रश्नमा भन्छिन् ‘धेरैले भन्नुहुन्छ सरकारको काम किन गर्नुहुन्छ, तर हिजोको दिनमा सरकारले धेरै काम गर्छु भनेको छ तर अहिलेसम्म हुन सकेको छैन, अर्को कुरा सरकारले हामीलाई प्रयोग गरेको छैन मौका दिएको हो ।’ कार्यक्रममा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका सम्झना भण्डारी र आधुनिक गीतकी गायिका मेलिना राई धुर्मुस् सुन्तलीसँगै मलेसियातर्फ प्रस्थान गरेका छन् ।


Views: 164

सम्बन्धित सामग्री:

विराजले माफी मागे

हिमालय टाइम्स : बैशाख ११, २०७६ (६:५६ AM)

ट्रेलरमा सलमानको भारत

एजेन्सी : बैशाख १०, २०७६ (७:०४ AM)

रेश्मा भइन् मिस नर्स

: बैशाख ९, २०७६ (६:३९ AM)